नेभिगेशन
सुदूरपश्चिम

राप्रपा बझाङले चुनावमा असहयोग गरेको भन्दै ९ जनालाई कारबाही गर्‍यो

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गर्ने पार्टी प्रतिनिधिलाई कम्तिमा ५ बर्षका लागि पार्टीको साधारण सदस्य नरहने गरि कारबाही गरेको छ ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति बझाङका अध्यक्ष धिरजबिक्रम सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीय तहको चुनावमा असहयोग गरेको भन्दै पार्टीमा रहेका ९ जनालाई पार्टीको साधारण सदस्य नरहने गरि ५ वर्षका लागि निलम्बन गरेको हो ।

राप्रपा केन्द्रिय कार्यालय धुम्बाराही र सर्वसाधारणको जानकारी गराउँदै पार्टीका पूर्व पार्टी सहअध्यक्ष विश्वप्रकाश जेठारा, पूर्व पार्टी सल्लाहकार लालबहादुर खड्का, पूर्व पार्टी सचिव जनकबहादुर ओली, पूर्व कोषाध्यक्ष्य सुरत बहादुर च्वाँन, पूर्व पार्टी सदस्य जगतबहादुर सिंह जरोबर, पूर्व पार्टी उपाध्यक्ष जुनादेवी सिंह, वर्तमान पार्टी उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष, जानकीदेवी खाती र वर्तमान पार्टी सदस्य कर्णबहादुर रोकायालाई कम्तिमा ५ वर्ष साधारण सदस्य नरहने गरि निलम्बन गरिएको अध्यक्ष सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै