नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिमका ८१ पालिकाको गणना सकियो: ७ पालिकाको अन्तिम परिणाम आउन बाँकी

धनगडी: सुदूरपश्चिम प्रदेशका ८१ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। हालसम्म प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। सार्वजनिक मतपरिणामअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ। उक्त पार्टीले ३६ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २४ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख र अध्यक्ष जितेको छ। ५ महिना अगाडि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा चार र एकीकृत समाजवादीले दुई पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

अब प्रदेशका एक उपमहानगरपालिका र ६ नगरपालिकाको अन्तिम मतपरिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ। स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। अब प्रदेशका एक उपमहानगरपालिका र ६ नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ। 

नतिजा आउन बाँकी पालिका 
१) कैलालीको धनगढी उपमहानगरपालिका– स्वतन्त्रको अग्रता
२) कञ्चनपुरको पुनर्वास नगरपालिका– काँग्रेसको अग्रता
३) कञ्चनपुरको भीमदत्त नगरपालिका– काँग्रेसको अग्रता
४) कञ्चनपुरको कृष्णपुर नगरपालिका– काँग्रेसको अग्रता
५) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– एमालेको अग्रता
६) बाजुराको बुढीगंगा नगरपालिका– मतगणना सुरु गर्नै बाँकी
७) अछामको साँफेबगर नगरपालिका– काँग्रेसको अग्रता

नेपाली काँग्रेस विजयी भएका पालिका
डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
डडेल्धुराको भागेश्वर गाउँपालिका– हेमराज चटौत
अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
अछामको पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
कञ्चनपुरको बेदकोट नगरपालिका– भोजराज बोहरा
बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
बझाङको सुर्मा गाउँपालिका–  खडक बोहरा 
बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट
कैलालीको कैलारी गाउँपालिका– राजसमझ चौधरी
कैलालीको लम्की नगरपालिकाको प्रमुख– सुशिला शाही

नेकपा एमाले विजयी भएका पालिका
बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर 
दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी (लख्खाभाइ) 
बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया 
बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
बाजुराको बुढीनन्दा नगरपालिका–जनककुमार बोहरा
कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा

नेकपा माओवादी केन्द्र विजयी भएका पालिका
दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
बझाङको छविसपाथिभेरा गाउँपालिका– बसन्त चलाउने
अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’
कैलालीको गौरीगंगा नगरपालिका– देवीदत्त कँडेल

नागरिक उन्मुक्ति पार्टी विजयी भएका पालिका
कैलालीको टीकापुर नगरपालिका– रामलाल डगौरा थारु
कैलालीको जोशीपुर गाउँपालिका– चित्रबहादुर चौधरी
कैलालीको भजनी नगरपालिका– शेरबहादुर चौधरी
कैलालीको जानकी गाउँपालिका– गणेश चौधरी

नेकपा (एकीकृत समाजवादी) विजयी भएका पालिका
कैलालीको घोडाघोडी नगरपालिका– खडकबहादुर रावत
बझाङको केदारस्युँ गाउँपालिका – गणेश बोहरा

स्वतन्त्र विजयी भएका पालिका
बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै