नेभिगेशन
राजनिति

बझाङको बुंगल नगरपालिकामा ८ वटा वडासहित प्रमुख र उपप्रमुखमा गठबन्धन बिजयी

बझाङ : बुंगल नगरपालिकामा ८ वटा वडासहित गठबन्धन बिजयी भएको छ । मेयरमा नेपालीका कांग्रेसका उम्मेद्वार जयबहादुर धामी बिजयी भएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार धनबहादुर बोहरा बिजयी भएका छन् ।

मेयरमा कांग्रेसका उम्मेद्वार जयबहादुर धामीले निकटम प्रतिस्पर्धी नेकपा एमालेका धनदेवी कुँवरलाई  मतले पछि पारे भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार धनबहादुर बोहराले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार अम्मराज जोशीलाई  मतले बिजयी भएका छन् ।

मेयर पदका लागि जयबहादुर धामीले ७६१५ मत प्राप्त गरे भने धनदेवी कुँवरले ३२७१ मत प्राप्त गरिन् । उपमेयर पदका लागि धनबहादुर बोहराले ६६४६ मत प्राप्त गर्दा अम्मराज जोशी २९३२ मत प्राप्त गरे । ११ वडा रहेको बुङ्गल नगरपालिकामा ८ वडामा गठबन्धन बिजयी भएको छ भने ३ वडामा स्वतन्त्रले जितेका छन् ।

 वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका कस्सो बोहराले ८४८ मत प्राप्त गरि बिजयी भए भने नेकपा एमालेका अक्कल बोहराले ४८६ मत मात्रै प्राप्त गरे । वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका बिरे धामीले ७८१ मतका साथ बिजयी भए भने नेकपा एमालेका अर्जुन धामीले ३७४ मत प्राप्त गरि पराजित भए ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका धर्मराज जोशीले ५०७ मत प्राप्त गरेर बिजयी भए भने स्वतन्त्र तर्फका करे धामीले ४५२ मत र नेकपा एमालेका बहादुर बोहरा २८३ मत प्राप्त गरि पराजित भए । वडा नम्बर ४ मा नेपाली कांग्रेसका गणेश कार्कीले ५९४ मत प्राप्त गरि बिजयी भए भने स्वतन्त्र उम्मेदवार राम कार्की २७९ मत र नेकपा एमालेका आनन्द कार्कीले ५८ मत प्राप्त गरि पराजित भए । 

वडा नम्बर ५ मा स्वतन्त्र उम्मेद्वार निराजन कुँवर दिपक प्यानलसहित ६०३ साथ बिजयी भए भने नेकपा एमालेका प्रयाग धामी २७० र नेकपा एकीकृत समाजवादीका नन्दु धामी ३३ मत प्राप्त गरि पराजित भए । वडा नम्बर ६ मा स्वतन्त्र उम्मेद्वार राम देवारले ६२९ मत प्राप्त गरि बिजयी भए भने नेकपा एमालेका हिक्मत बिकले ४२१ र नेपाली कांग्रेसका ज्ञानेन्द्र सिंहले ३६२ मत प्राप्त गरि पराजित भए । 

वडा नम्बर ७ मा एकीकृत समाजवादीका टंकप्रसाद जोशीले ४८९ बिजयी भए भने नेकपा एमालेका केशबराज जोशी ३४२ मत प्राप्त गरि पराजित भए । वडा नम्बर ८ मा स्वतन्त्र उम्मेद्वार लोकेन्द्र जाग्रीले ५०७ मत प्राप्त गरि बिजयी भए नेकपा एमाले बिरबहादुर बोहरा ४२३ मत र नेपाली कांग्रेस गोपाल सिंह बोहरा १९० मत प्राप्त गरि पराजित भए । वडा नम्बर ९ मा नेपाली कांग्रेसका हरिश सिंहले ६८४ मत प्राप्त गरि बिजयी भए भने स्वतन्त्र उम्मेदवार मानबहादुर विष्ट १८२ र नेकपा एमालेका मदनराज जोशी ८७ मत प्राप्त गरि पराजित भए ।

वडा नम्बर १० मा नेपाली कांग्रेसका प्रेम ओखेडा ३११ मत प्राप्त गरि बिजयी भए भने नेकपा एमालेका गणेश पुजारा २६१ मत प्राप्त गरि पराजित भए । र वडा नम्बर ११ मा नेकपा एकीकृत समाजवादीका लोकराज जोशीले ५३४ मत प्राप्त गरि बिजयी भए भने नेकपा एमालेका मोहन कुमार बोहरा २८८ मत प्राप्त गरि पराजित भए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै