नेभिगेशन
सुदूरपश्चिम

पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । आगामी निर्वाचनभन्दा अघि पार्टी अलग हुन सक्ने उनले संकेत गरे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘निर्वाचनमा जाने कामको लागि पार्टीको कुनै एउटा स्थिति आइपर्‍यो भने जुनसुकै कदम पनि चाल्नुपर्छ ।’

उनले पार्टीको नाम र चिन्ह फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन दिए । अध्यक्ष ओलीले नै एमाले विभाजन गर्न खोजेको र आफूहरुले त्यसलाई रोक्न खोजेको रावलको दावी थियो ।

२०३५ साल देखि ०४७ सालसम्म नेकपा माले रहेको भन्दै परिस्थिति अनुसार पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुन सक्ने उनले बताए ।
‘केही गरी एमाले पार्टीको नाम बदल्नु परे पनि हाम्रो अर्को पार्टी कसरी हुन्छ र ? पछिल्लो समय यस्ता प्रश्न आइरहेका छन्,’ रावलले भने, ‘आजभन्दा ३ वर्ष अहिले कुन पार्टीमा काम गर्‍यौँ ? नेकपा एमाले थियो रु नेपाल कम्युनिस्ट पार्टी थियो ।’

उनले थपे, ‘जब हामी नेकपा र माओवादी मिल्यौं, तपाईंहरुले हँसिया हथौडामा पनि भोट दिनु भयो । अनि माओवादी केन्द्रकाले पनि सूर्य चिन्हमा भोट हालेका त हुन् ।’

रावलले फागुन २८ को निर्णय कुनै पनि अवस्थामा मान्य नहुने स्पष्ट पारे । 

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । आगामी निर्वाचनभन्दा अघि पार्टी अलग हुन सक्ने उनले संकेत गरे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘निर्वाचनमा जाने कामको लागि पार्टीको कुनै एउटा स्थिति आइपर्‍यो भने जुनसुकै कदम पनि चाल्नुपर्छ ।’

उनले पार्टीको नाम र चिन्ह फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन दिए । अध्यक्ष ओलीले नै एमाले विभाजन गर्न खोजेको र आफूहरुले त्यसलाई रोक्न खोजेको रावलको दावी थियो ।

२०३५ साल देखि ०४७ सालसम्म नेकपा माले रहेको भन्दै परिस्थिति अनुसार पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुन सक्ने उनले बताए ।
‘केही गरी एमाले पार्टीको नाम बदल्नु परे पनि हाम्रो अर्को पार्टी कसरी हुन्छ र ? पछिल्लो समय यस्ता प्रश्न आइरहेका छन्,’ रावलले भने, ‘आजभन्दा ३ वर्ष अहिले कुन पार्टीमा काम गर्‍यौँ ? नेकपा एमाले थियो रु नेपाल कम्युनिस्ट पार्टी थियो ।’

उनले थपे, ‘जब हामी नेकपा र माओवादी मिल्यौं, तपाईंहरुले हँसिया हथौडामा पनि भोट दिनु भयो । अनि माओवादी केन्द्रकाले पनि सूर्य चिन्हमा भोट हालेका त हुन् ।’

रावलले फागुन २८ को निर्णय कुनै पनि अवस्थामा मान्य नहुने स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...