नेभिगेशन
राजनिति

बझाङको थलारा गाउँपालिकामा अध्यक्षसहित तीन वडामा एमाले र उपाध्यक्षसहित छ वडा गठबन्धन बिजयी

बझाङ : थलारा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा गठबन्धन(कांग्रेस) का उम्मेदवार बिजयी भएका छन् । बिजय हासिल गरेका प्रकाश रोकाया २७७४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी स्वतन्त्रका कुलराज जोशीले २११२ मत र गठबन्धनका विनोद थापा १२०३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनका (नेपाली कांग्रेस) उम्मेदवार रामबहादुर खाती ३१५० मत ल्याएर बिजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका मिरादेवी रावलले २५८७ मत मात्रै प्राप्त गरिन् । यस्तै वडा नम्बर १ मा गठबन्धन (नेकपा माओवादी) रबिन्द्र जोशी ३६० मत ल्याएर बिजयी भएका छन् उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण जोशी २८० मत प्राप्त गरि पराजित भएका छन् । वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रबिन्द्र खातीले २७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गठबन्धन (नेपाली कांग्रेस) का इन्द्र खातीले २११ मत प्राप्त गरि पराजित भए । वडा नम्बर ३ मा गठबन्धन (नेकपा माओवादी) ४८५ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन भण्डारीले २८० मत प्राप्त गरि पराजित भए ।

वडा नम्बर ४ मा गठबन्धन (नेपाली कांग्रेस) का रामचन्द्र जोशीले ३५७ मत प्राप्त गरि बिजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मेनुका धामी साउँदले ३५२ मत प्राप्त गरि ३ मत पराजय बेहोरिन् । वडा नम्बर ५ मा गठबन्धन (नेपाली कांग्रेस) नरबहादुर खाती ३९० मत प्राप्त गरि बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेश विष्टले ३१३ मत प्राप्त गरि पराजित भएका छन् । वडा नम्बर ६ मा गठबन्धन (नेकपा एकीकृत समाजवादी) का उम्मेदवार अनिलकुमार बिष्टले ३७९ मत प्राप्त गरि बिजयी हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतराज पाण्डले २८४ मत प्राप्त गरि पराजित गरेका छन् ।

वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार किस्न सार्की ३४४ मतसहित बिजयी भएका छन् भने गठबन्धन (नेपाली कांग्रेस)का शेरबहादुर रोकाया २९२ मत प्राप्त गरि पराजित भएका छन् । वडा नम्बर ८ मा नेकपा एमालेका कविराज जोशी ४६० मतसहित बिजयी भएका छन् भने गठबन्धनका (कांग्रेस) मोतिलाल पाध्या २३३ मत ल्याएर पराजित भएका छन् । र वडा नम्बर ९ मा गठबन्धन (नेकपा एकीकृत समाजवादी) का उम्मेदवार लोकेन्द्र बिष्ट ४८७ मतसहित बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिरा भण्डारीले ४३८ मत प्राप्त गरि पराजित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै