नेभिगेशन
सुदूरपश्चिम

हेर्नुहोस् बझाङका कुन मतदानस्थलमा के भयो ?

  • बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका  ७ स्थित सुनिपिपल चौर माबिमा मतपेटिका च्यातेर अहिले झडप भइरहेको छ । सुरक्षाकर्मीले ३ वटा फायरिङ गर्दा पनि झडप नियन्त्रणमा आएको छैन । नेकपा एमाले र गठबन्धनबीच झडप भएको हो । जुन नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐेन महरको मतदानस्थल पनि हो ।
  • बझाङ जिल्ला केदारस्युँ गाउँपालिका वडा नम्बर ४ जगन्नाथ मावि सैन्सु मदान केन्द्रमा मतदाता र स्वतन्त्र उम्मेदवारका एजेन्टबीच झडप हुँदा मतदान कार्य रोकिएको छ । 
  • खप्तडछान्ना गाउँपालिका ५ खप्तड मावि कालुखेतीमा मतदान सुरु भएको ४ घण्टापछि गठबन्धनबीच सामान्य कुरामा विवाद हुँदा संरचना तोडफोड भएको तीन जना सामान्य घाइते भएका छन् । अहिले कडा सुरक्षा दिएर १०/१० जना गरेर मतदान भइरेहको छ । झडपका कारण झण्डै एक घण्टा मतदान रोकिएको थियो ।
  • जयपृथ्वी नगरपालिका ११ नानदेव आधारभूत मतदान केन्द्रमा एमाले र कांग्रेसबीच झडप हुँदा एक जना घाइते भएका छन् । झडपलाई साम्य पार्न प्रहरीले २ राउण्ड हवाइ फायर  गरेको छ । अहिलेसम्म नानदेव आधारभूत मतदान केन्द्रमा २ सय ५० भोट खसेको जनाइएको छ ।
  • बझाङ्को दुर्गाथली 4 भैरव आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा तनाव सिर्जना भएर मतदान रोकिएको छ ।
  • थलारा गाउँपालिका ५ स्थित थलारा मावि खोलीमा पनि गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । प्रहरीद्वारा हवाई फायर भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै