नेभिगेशन
सुदूरपश्चिम
स्थानीय तह निर्वाचन २०७९

बझाङका मतदातामा उम्मेदवारप्रतिको बितृष्णा र मतदाता शिक्षाको अभाव

बझाङ : बझाङमा स्थानीय तह निर्वाचनको सबै तयारी पुरा भएको छ तर यहाँका मतदाता भने उम्मेदवारप्रतिको बितृष्णा र मतदाता शिक्षाको अभावका कारण मतदान गर्न जाने वा नजाने भन्नेमा अन्यौलमा परेका देखिन्छन् । यसपटक समय अभावका कारण मतदाता शिक्षा नदिइएको र विगतमा मतदान गरेका उम्मेदवारले जीतेपछि फर्केर नहेरेको हुँदा मतदाता अन्यौलमा देखिन्छन् ।

जिल्लामा अहिले १ सय ८३ मतदान केन्द्र कायम गरिएको छ । यी मतदान केन्द्रबाट १ लाख २२ हजार १ सय ३७ मतदाताले मतदान गर्नुपर्ने हो तर केही जिल्लाबाहिर केही वृद्धवृद्धा, केही कामको चापमा रहेको र घण्टौं हिडेर मतदान गर्नुपर्ने हुँदा सबैले मतदान गर्नसक्ने सम्भावन निकै कम छ ।
 यसमध्ये ८० प्रतिशतसम्म यस निर्वाचनमा मत खस्न सक्ने अनुमान छ भने त्यसमध्ये पनि धेरै मत बदर हुनसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

‘यसपटक समय छोटो भयो । निर्वाचन आयोगले सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट मात्रै मतदाता शिक्षा दियो । गठबन्धनका कारण मत बदर हुन सक्छन् ।,’ जिल्ला निर्वाचन अधिकारी विमलराज गौतमले भने । 

पहिले मत कसरी हाल्ने भन्नेबारे धेरै सिकाइएको हुँदा भोट हाल्न सजिलो भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ की खुड्की ऐडीले बताइन् ।  यसपाली भोट माग्न मात्रै आउने तर कसरी कहाँ भोट हाल्ने भन्नेबारे नसिकाउने हुँदा मतदान गनए असहज हुने ऐडीको बताइन् । गठबन्धनका कारण पनि मतदातालाई भोत खसाल्न असहज हुने जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का श्यामबहादुर खातीको भनाई छ । 


बझाङका १२ वटै मतगणनास्थलमा सिसी क्यामेरा जडान 

बझाङका १२ वटै मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको छ ।  निर्वाचन आयोगले मतगणना स्थलमा सिसी क्यामेरा अनिवार्य गरेकाले जिल्लाको सबै मत गणना स्थलमा सिसी क्यामेरा जडान गरेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए । 

केदार स्युँ गाउँपालिकाको मतगणना स्थलमा CC क्यामरा जडान र मत गणना स्थलको निर्माण कार्य पनि सम्पन्न

जयपृथ्वी नगरपालिकाको मतगणना जिल्ला अदालतमा गरिने भएको छ भने अन्य ११ वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ । 

जिल्लामा २ नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा पालिका रहेका छन् । जसमा ९४ वटा वडा रहेका छन् । यो निर्वाचनमा जिल्लामा १८ वटा राजनीतिक दलले भाग लिएका छन् । 

जिल्लामा निर्वाचनका लागि ४ सय ९४ पदका लागि १ हजार १९३ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा १० जना निर्विरोध भइसकेका छन् । 

अब १ हजार १ सय ८३ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा १ लाख २२ हजार १३७ मतदाता रहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै