नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा एकैदिन ३ महिला मृत फेला

पछिल्लो समय कैलालीमा आत्महत्याका घटनामा वृद्धि भइरहेको छ।

बझाङ : पछिल्लो समय कैलालीमा आत्महत्याका घटनामा वृद्धि भइरहेको छ। हिजो मंगलवार मात्रै जिल्लामा ३ ओटा आत्महत्याका घटना घटेका छन्। मंगलवार साँझ ५ बजेतिर भजनी नगरपालिका–१ गौनियाकी ४० वर्षीया आशादेवी चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको र उनको शव परीक्षणका लागि टिकापुर अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ। यस्तै साँझ ७ बजेको समयमा भजनी नगरपालिका–८ मोहानपुर बस्ने ७५ वर्षीया काली चौधरी पनि मृत फेला परेकी छिन्। उनको शव घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो। उनको शव पनि परीक्षणका लागि टीकापुर अस्पताल पठाइएको प्रहरीले बताएको छ। यता धनगढी उपमहानगरपालिका–७ देवरियाकी १६ वर्षीया नम्रता चौधरीको शव साँझ ९ बजे फेला परेको थियो। घटनास्थलको अनुसन्धानपछि उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको कैलाली प्रहरीले जनाएको छ। साथै ३ ओटै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै