नेभिगेशन
राजनिति

सत्तारुढ गठबन्धनले बझाङमा भागबण्डा मिलायो, तीन पालिकामा कांग्रेसका नेताको असन्तुष्टि

बझाङ : लामो छलफलपछि सत्तारुढ गठबन्धनले बझाङमा नगर तथा गाउँपालिकाको भागबण्डा मिलाएको छ। लामो समयको छलफलपछि दलहरु सहमतिको टुङ्गोमा पुगको माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य जनक बुढाले बताए। बैठकमा अन्तिम सहमति पत्रमा हस्ताक्षरको तयारी भइरहेको उनले बताए। सिट बाँडफाँटमा सहमति भइसकेको र हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्ने उनको भनाइ छ। २ नगरपालिका र १० गाउँपालिका रहेको बझाङमा सत्तारुढ दलहरुबी चुनावी तालमेल भएको छ।

प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसको भागमा ७ प्रमुख र ६ उपप्रमुख परेका छन्। माओवादी केन्द्रको भागमा २ प्रमुख र ४ उपप्रमुख परेका छन् भने एकीकृत समाजवादीको भागमा ३ प्रमुख र २ उपप्रमुख परेका छन्। नेपाली कांग्रेसको भागमा दुई नगरपालिकासहित ५ गाउँपालिका परेका छन्। जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका कांग्रेसले पाएको छ। एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ। माओवादी केन्द्रले दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ।

तीन पालिकामा कांग्रेस असन्तुष्ट

यसैबीच कांग्रेसले तीन पालिकामा असन्तुष्टि जनाएको छ। आफूले मागेका र सहजै जित्नसक्ने आँकलन गरेका पालिका नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेको एक नेताले बताए। कांग्रेसले तल्कोट गाउँपालिका, थलारा गाउँपालिका र दुर्गाथली गाउँपालिका आफूले पाउनुपर्ने माग राख्दै आएको थियो। गठबन्धनका कारण आफ्नो किल्ला भत्किएको अर्को पार्टीलाई भोट दिनुपर्ने अवस्था आएको भन्दै कांग्रेस नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै