नेभिगेशन
खेल
त्रिकोणात्मक ट्वान्टी–२०

नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित

काठमाडौं : ट्राइ नेसन्स सिरिज अन्तरगत नेदरल्यान्ड्सविरुद्धको पहिलो टि-२० म्याचमा नेपालले ९ विकेटकाे सहज जित निकालेको छ । नेपालको जितमा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेलले अर्धसतक बनाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा एक विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि डेब्युट्यान्ट कुशल भूर्तेलले ६२ रनको शानदार इनिङ खेले । ट्वान्टी-२० मा पहिलो पटक नेपाली जर्सी लगाएर क्रिजमा उत्रिएका कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासमेत प्रहार गरेका थिए । ५४ रनको अविजित इनिङ खेलेका आशिफले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सका लागि जुलियन डी मेले एक मात्र विकेट लिए । उनले कुशललाई पिटर सीलारको हातबाट क्याच आउट गराएका थिए । यसअघि नेदरल्यान्ड्सका लागि बास दी लिडले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै, स्कट एड्वार्ड्सले ३०, कप्तान पिटर सिलारले अविजित २३ रनको योगदान गरेका थिए ।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र डेब्युट्यान्ट साहब आलमले १/१ विकेट लिए ।

करिब डेढ वर्षपछि घरेलु मैदानमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले शानदार सुरुआत गरेको छ । नेपालले अब वैशाख ६ गते मलेसियासित, वैशाख ७ गते नेदरल्यान्ड्ससित र अन्तिम लिग खेलमा वैशाख ९ गते मलेसियासित खेल्नेछ । शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै