नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा प्रहरीद्वारा भारी मात्रामा सामान बरामद

धनगढीः कञ्चनपुर जिल्लामा प्रहरीले भारी मात्रा अवैध सामान बरामद गरेको छ। जिल्लाको विभिन्न स्थानमा मंगलबार गस्तीमा रहेको सशस्त्र र नेपाल प्रहरीले भारी मात्रामा अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट कुतियाकभर, गड्डाचौकी, बयलबन्दा र आपतालबाट खटिएको प्रहरीले १ लाख ७५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं।३५ गण शैलेश्वरी कञ्चनपुरका प्रहरी उपरीक्षक विरेन्द्र बहादुर ऐरका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइएको वेवारिसे अवस्थामा रहेका २५ कार्टुन प्रतिबन्धित पेय पदार्थ डिउ, बिँडी, मोटरसाइकलको। पार्टस, काठ, ईलेक्ट्रोनिक र हार्डवेयरका सामानहरु बरामद गरिएको हो।

प्रतिबन्धित पेय पदार्थ स्थानीयको रोहबरमा नष्ट गरिएको र अन्य सामानहरु भन्सार कार्यालय गड्डाचौकी बुझाइएको प्रहरीले जनाएको छ। त्यस्तै, जिल्लाको पुनर्वास नगरपालिका १ ठक्का गाउँमा भन्सार छली ल्याएको से २ प ९५१० नम्बरको वाईबीआर यामाहा मोटरसाइकल प्रयोग गरि भारतबाट ल्याएको बिडी, सलाई, लेडिज सुट गरि ६६ हजार ७२० रुपौयाँ बराबरको सामान बरामद गरेको हो।

सो सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए। त्यस्तै, प्रहरीले भीमदत्त नगरपालिका नगरपालिका १३ झोलुङगेमा पनि ११ हजार ३५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै