नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा पहिलोपटक वन विज्ञानको अध्यापन गर्ने तयारी

बझाङ : सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहमा वन विज्ञान अध्ययन गराउन पाठ्यक्रम निर्माण गर्न लागेको जनाएको छ। त्रिभुवन विश्वविद्यालयका विज्ञ टोली सम्मिलित समूहले सुदूरपश्चिम विश्वविद्यालयको स्नातक तहमा वन विज्ञान विधाको पाठ्यक्रम निर्माण गरिरहेको जनाएको हो। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहितको विज्ञ टोलीले शुक्रबार कैलाली क्याम्पसमा छलफल राखेर वन विज्ञान अध्ययनको पाठ्यक्रममा समेट्नुपर्ने क्षेत्र र विषयबारे राय सुझाव संकलन गरेका छन्। 
कैलाली बहुमुखी क्याम्पसलाई वन विज्ञान अध्ययनको केन्द्र बनाउनुपर्ने र पढाईसँगै डिनको कार्यालयसमेत कैलाली बहुमुखी क्याम्पसमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनका सभापति चुडामणि भट्टले बताए। ‘विश्वविद्यालयमा समाहित हुँदा गरिएका सहमति अक्षरसः पालना हुनुपर्ने हाम्रो माग रहेको छ’ उनले भने, ‘वन विज्ञानसहित अन्य प्राविधिक धारका कार्यक्रम चलाउदा पहिलो प्राथमिकता कैलाली बहुमुखी क्याम्पसलाई दिनुपर्छ।’

सामुदायिक क्याम्पसको रुपमा २०३३ सालदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा रहेको कैलाली बहुमुखी क्याम्पस अहिले सुदूरपश्चिम विश्वविद्यालयको सबैभन्दा ठुलो आङ्गिक क्याम्पस हो। कम शुल्कमा  प्राविधिक विषयको अध्ययन गराउन सकिने भनेर क्याम्पसले आङ्गिक हुने निर्णय लिएको थियो। वन विज्ञान विधाको पढाई सुदूरपश्चिम र कर्णाली प्रदेशमै नभएकोले क्याम्पसबाट वन विज्ञान विधामा अध्ययन सुरू हुने प्राध्यापक डाक्टर हेमराज पन्तको विश्वास छ।  ‘प्राविधिक विषय माग्दा त्रिभुवन विश्वविद्यालयले नदिने समस्या रहेको थियो। त्यसैले सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक हुने निर्णय लिइएको हो’  उनले भने। 
न्यूनतम शुल्कमा प्राविधिक विषय पढाउन मिल्ने भनेर कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनेको व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर पदमराज जोशीले बताए। क्याम्पसमा भौतिक पूर्वाधारको कमीले कुनै पनि कार्यक्रमको पढाई नरोकिने स्थिति सिर्जना भएको र क्याम्पसलाई आवश्यक पर्ने वित्तिय स्रोत साधन जसरी पनि जुटाउन सकिने अवस्था रहेकोले आङ्गिक क्याम्पस भएपछि प्राविधिक धारको पढाई पनि सहज भएको उनले बताए।
सुदूरपश्चिममा वन क्षेत्रले कुल क्षेत्रफलको ५८ प्रतिशत भूभाग ओगटेको छ। हिमाल, पहाड तथा तराईमा सबैखाले वन क्षेत्र र वनस्पति उपलब्ध रहेकोले वन विज्ञानको पढाई, अध्ययन र अनुसन्धानका लागि सुदूरपश्चिम महत्वपूर्ण रहेको प्रदेशका कानुनमन्त्री  एवं वन वैज्ञानिक डाक्टर रणबहादुर रावलले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै