नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी एफएमले गर्‍यो छबिसपाथिभेरामा बालबिबाह न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रम

बझाङ : छबिसपाथिभेरा गाउँपालिकामा बालबिबाह न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज (सूचना सञ्चार तथा प्रविधि विकास समूह) को आयोजना र छबिसपाथिभेरा गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ६ र ७ को केन्द्र बिसौना बजारमा मंगलबार, वडा नम्बर २ को सत्यवादी मावि, वडा नम्बर ३ को बान्नीचौर मावि र वडा नम्बर ५ को शान्ती मावि चौघानपाटामा बुधबार बालबिबाह न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 

 यस्तै बिहीबार वडा नम्बर १ को जनप्रिय मावि बगडगाउँ, वडा नम्बरको ४ को थलारा नमुना आधारभूत विद्यालयमा पनि जनचेतनामूलक कार्यक्रम गरिने कार्यक्रम संयोजक कर्ण धामीले बताउनुभयो । कार्यक्रममा विद्यालयस्तरका छात्रछात्रालाई बालबिबाह गर्दा भविस्यमा हुने नकारात्मक असर र कानुनी सजायका बारेमा सडक नाटक मार्फत् जनचेतना जगाइएको थियो ।  

बिगतमा पनि जयपृथ्वी एफएमले वित्थडचिरमा सडक नाटक मार्फत् बालबिबाह न्युनिकरण गर्न जनचेतनामूलक कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै