नेभिगेशन
सुदूरपश्चिम

बझाङमा भाई बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

बझाङ : भाई बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया भाइ बुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिई आइतबार मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण जेठाजु र बुहारी दुबै जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

चैत्र १२ गते बेलुकी बुहारीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापी जबरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

उजुरी पश्चात् जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितको खोजी गर्दा देउरा बजारमा घुमफिर गरिरहेको अवस्थामा केदारस्युँ गाउँपालिका -१ देउरा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो ।

पिडित जेठानीको सहायतामा प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरीले स्वास्थ परीक्षणपछि युवतीलाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाई आरोपीविरुद्ध मुद्धा चलाएको छ ।

भाई बुहारी बलात्कारको आरोप लागेका जेठाजुलाई नियन्त्रणमा लिई जबरजस्ती करणीअन्तर्गत मुद्धा चलाई जिल्ला अदालत बझाङले सोमबार ३ दिनको म्याद थप गरेको र थप अनुसन्धान भइरहेको समेत डिएसपी विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै