नेभिगेशन
राजनिति

जनार्दन शर्मा भन्छन् : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता तथा कर्णाली इन्चार्ज जनार्दन शर्माले कर्णालीमा पछिल्लो पटक देखिएको राजनीतिले राष्ट्रिय राजनीतिलाई मागर्दशन गरेको बताएका छन् ।

आज विहान सामाजिक सञ्जालमा छोटो टिप्पणी गर्दै शर्माले कर्णालीमा जस्तै संघीय सरकारमा समेत माधव नेपाल पक्षले एमालेलाई सत्ताच्युत गर्न सघाउने संकेत गरेका हुन् ।

शर्माले भनेका छन्- कर्णालीमा राजनीति । राजनीतिमा बिधि नमान्नेलाई एक सबकमात्र होइन राष्ट्रिय राजनीतिक संकट समाधानको लागि मार्गदर्शन पनि हो ।

कर्णाली प्रदेशसभामा शुक्रवारमात्र माओवादीका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई एमालेका प्रकाश ज्वालासहित चारजना सांसदले विश्वासको मत दिएर सरकार जोगाइदिएका थिए ।

अन्य प्रदेशमा पनि माधव नेपाल पक्षले एमालेका मुख्यमन्त्री हटाउन आवश्यक पर्ने मत फ्लोर क्रस गर्ने समझदारी बनेको बताइएको छ ।

कर्णाली प्रकरण लगत्तै आज विहान माओवादी अध्यक्ष प्रचण्ड र एमालेका नेता माधवकुमार नेपालबीच कोटेश्वरका एक व्यवसायीको घरमा वार्ता भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै