नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिकाले इसिडी शिक्षकहरुलाई संघिय सरकारले र्निधारण गरे अनुसार तलब सुविधा दिने

बझाङ :  प्रारम्भिक बालविकास सहजकर्ता इसिडी शिक्षक र विध्यालयका कर्मचारी परिचर लेखापालले संघिय सरकारले र्निधारण गरेको तलव सुविधा पाउने भएका छन् । बझाङको जयपृथ्वी नगरपालिकाले यहि फागुन १ गतेदेखि पाउने गरी खाईपाई आएको ८ हजारमा ७ हजार रुपैयाँ थप गरी इसिडी शिक्षक विध्यालय सहयोगी र लेखापाललाई अनुदान स्वरुपदिन लागेको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताउनुभयो ।

जयपृथ्वी नगरपालिका कार्यपालिकाको बसेको बैठक र हिउँदे अधिवेशनले उनिहरुलाई संघिय सरकारले उपलब्ध गराएको रुपैयाँमा फागुन १ गते देखी पाउने गरी ८ हजार रुपैयाँ थप गर्ने निर्णय गेको छ । नगरपालिकाले बजेट व्यवस्थापन गरेर निर्णय बमोजिम तलब निकासा गर्न लागेको हो । 

नगरपालिका भित्र ४४ जना इसिडी शिक्षक सहित ५५ जना विध्यालय सहयोगी र ७ जना लेखापालका गरी १ सय १२ जनाका लागी ४९ लाख २० हजार रुपैयाँ बजेट रकमसमेत विनियोजन गरेको जयपृथ्वी नगरपालिका आन्तरिक लेखापरिक्षक लाल बहादुर खातीले बताउनुभयो । साथै कार्यपालिकाको बैठकले हिउँदे अधिवेशनबाट उक्त प्रस्ताव अनुमोदन समेत भइसकेको  खातीको भनाई छ । संघिय सरकारले निर्धारण गरेको बालविकास सहजकर्ता शिक्षक, विध्यालयका सहयोगी, लेखापालले बेलाबेलामा जयपृथ्वी नगरपालिकाले तलब सुविधा नदिएको भन्दै आन्दोलन गर्दै आएका थिए । 

अरु शिक्षक जस्तै आफु दिनभर विद्यार्थीहरुलाई पढाउँदै आएको भए पनि महिनाको ८ हजार मात्रै पाउने गरेको र जयपृथ्वी नगरपालिकाले फागुन १ देखी लागु हुने गरी ७ हजार रुपैयाँ थप दिने निर्णय गरेपछी अहिले आफुहरु खुसी रहेका सुनिपिपल उच्चमाध्यामिक विध्यालय सुवेडामा कार्यरत इसिडी शिक्षक बसन्ती जोशीले बताउनुभयो ।

आफू २०६४ साल देखी बाल सहयोगी कार्यकर्ताको रुपमा सुरुको बर्ष ७ सयदेखि अहिलेसम्म काम गर्दै आएको र विद्यालयमा पढाउँदा पढाउँदै १४ बर्ष विते पनि हाल तलब सुविधा बढेपछि घरखर्च समेत चलाउन केहि सहज हुने जोशीले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै