नेभिगेशन
सुदूरपश्चिम

एमसीसी टेबुल गर्न खोजे सडकमा आगो बाल्छौं : जिल्ला सेक्रेटरी विराट

बझाङ : अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले केदारस्युँको झोतामा प्रदर्शन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनामा झोता बजारसहित पौडी बजारमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा नेकपाका सयौं नेता कार्यकर्ता सहभागी भएका थिए ।  प्रदर्शनपछि नेकपाले विरोधसभा कार्यक्रम गरेको थियो । विरोधसभा कार्यक्रममा बोल्नुहुँदै नेकपाका केन्द्रिय सल्लाहकार समिति सदस्य तथा संविधानसभा सदस्य शंकर खड्काले एमसीसी नेपालका कम्युनिष्टहरुका लागि घातक हुने  र यो एक किसिमको सैन्य सन्धि जस्तै भएको बताउनुभयो ।

उहाँले नेपालको संविधान भन्दा माथि हुने परियोजनाले नेपालको हित नगर्ने र जबरजस्ति धम्की दिएर संसदबाट पारित गराउन लाग्ने अमेरिकी षड्यन्त्र हामी सबै लागेर बिफल बनाउनुपर्ने जोड दिनुभयो । साथै उहाँले नेपाली जनताको रगत पसिनाले बनेको संविधानभन्दा माथि भएकाले नै यो संसदबाट पारित गराउन नेपाली कांग्रेस र केही दलहरु लागी परेको हुँदा जनतालाई अझैं दबाब दिन आग्रह गर्नुभयो ।

यस्तै नेकपाका जिल्ला सेक्रेटरि विराटले जनता र नेपाल कम्युनिष्ट पार्टी एमसिसिको विरुद्धमा रहेको र यदि एमिसिसि संसदमा पारित गर्न खोजे अब जनताले सडकमा आगो बाल्नेसमेत चेतावनी दिनुभयो । देशका लागि घातक हुँदा हुँदै पनि केही दलाल व्यक्ति र पार्टीले नेपालमा एमसीसी लागु गर्न खोजेको सेक्रेटरी विराटको तर्क छ । 

बुधबार नै ६ दलिय मोर्चाले नेपाल बन्द पनि गरेको छ । एमसीसी ससंदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा पर्न सक्ने भएको भन्दै बन्द गरिएको हो । बन्दका कारण बजार, शैक्षिक संस्था र सवारी साधन चल्न सकेका थिएनन् । वेलुका ५ बजेबाट भने रोकिएका सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै