नेभिगेशन
सुदूरपश्चिम

विधुतगृह बगाएपछि बझाङका ग्रामीणबस्ती चार महिनादेखि अँध्यारोमा

बझाङ: बेमौसमी वर्षाका कारण आएको बाढीले विद्युत्गृह बगाउँदा बझाङका खप्तडछान्ना, थलारा र मष्टा गाउँपालिकाका ११ सयभन्दा बढी परिवार चार महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । कात्तिकको १ गते भएको वर्षापछि आएको बाढीले विद्युत्गृह नहर र विद्युत्का पोललगायतको संरचनामा क्षति पु¥याएको छ । खप्तडछान्ना गाँउपालिकाको जडारीगाड खोलामा आएको बाढीले २१ किलोवाट क्षमताको माथिल्लो जडारीगाड लघु जलविद्युत्मा पूर्ण रूपमा क्षति पु¥याएको छ ।

बाढीले विद्युत्गृह, नहर र पोल बगाएपछि ५ गाउँका ३ सय ७५ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । बाढीले जडारीगाड खोलामै बनेको ५२ किलोवाट क्षमताको दोस्रो जडारीगाड लघु जलविद्युत् आयोजनाको नहर र विद्युत्गृहमा पनि क्षति पु¥याएको छ । जसका कारण थलारा गाउँपालिका– ९ का ४ सय ९६ परिवार चार महिनादेखि अन्धकारमा बस्दै आएका छन् । त्यस्तै मष्टा गाँउपालिकामा रहेको डुङग्रीगाड लघु जलविद्युत्‌ आयोजना बगाउदा २८० घरपरिवार पनि अन्धकारमा बस्दै आएका छन् ।

विद्युत्‌ नहुँदा विद्यार्थीहरूको पढाइमा असर परेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा गाउँमा सञ्चालित उद्योग, व्यवसाय, विद्यालय, सहकारी, मिल र स्वास्थ्य संस्थाहरूको काम प्रभावित भएको छ । पुनर्निर्माणमा सहयोग गरिदिन गाउँपालिकासँग माग गरे पनि समस्या समाधानका लागि कतैबाट सहयोग नभएको स्थानीयको भनाइ छ ।

खप्तडछान्ना, मष्टा र थलाराका साथसाथै जिल्लाभरका ३० भन्दा बढी लघु जलविद्युत्‌  आयोजनामा बाढीका कारण आंशिकदेखि पूर्ण क्षति भएको छ । सामान्य क्षति भएको अवस्थामा गाउँपालिकाले मर्मत गर्ने सके पनि पूर्ण रूपमा क्षति भएकाले तत्कालै विद्युत्‌ सुचारु गर्न कठिन भएको खप्तडछान्ना गाउँपालिकाका सूचना अधिकारी ऐन रोकायाले बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै