नेभिगेशन
सुदूरपश्चिम

प्रेस चौतारी नेपाल बझाङ शाखाको अध्यक्षमा धामी

बझाङ: प्रेस चौतारी नेपाल बझाङ शाखाको अध्यक्षमा  मकराज धामी सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारी नेपाल बझाङ शाखाको ७ औँ अधिवेशन १३ सदस्यि जिल्ला कमिटी चयन गर्दै सम्पद्दन भएकाे छ । अधिवेशनको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बझाङ ईन्चनर्ज भैरव बहादुर सि‌हले उद्धघटन गर्नु भएको थियो । अधिवेशनबाट मकरराज धामीको अध्यक्षतामा १३ सदस्यि जिल्ला कमिटी गठन गरिएको हो । जिल्ला कमिटीको उपाध्यक्षमा भुवनबहादुर सिंह र संञ्जिता धामी, सचिवमा रिदम सिंह, कोषाध्यक्षमा शुसिल विष्ट, सहसचिवमा सुरेश धामी र मनिषा सिंह चयन भएका हुन् ।

उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिंहले गलतका विरुद्ध लेख्न नडराउनु पर्ने बताउनु भएको छ । पत्रकारीताका नाममा केहि पत्रकार मित्रहरुले पाटीकारीता गरिरहेकाले प्रेस चौतारीलाई त्यसो नगर्न बताएका छन । आफ्नो पाटर्टीका भन्दै गलत गर्नेका विरुद्ध पनि नलेख्ने परिपा६ी भएकाले आफ्नो पराई केहि नभनी गलतका वियरुद्ध कलम चलाउनु पर्ने बताउनु भयाे । साथै अवको नयाँ नेतृत्वले चाैतारीलाई थप बलियो बनाउने शुभेच्छा पनि व्क्त गर्नु भएको छ ।  

समृद्ध नेपाल निर्माणका लागी सवल श्रमजिवी पत्रकार, व्यवसायिक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने नाराका साथ २०७८ साल पुस ३० गतेका दिन प्रेस चौतारी जिल्ला शाखा बझाङको उद्घाटन तथा बन्द सत्रवाट ६ बुँदे घोषणा पत्र जारी गर्दै नयाँ नेतृत्व चयन गरिएको छ । यहि असोज ३१ गते देखी कार्तिक ३ गतेसम्म आएको अविरल बर्षाले विपतमा ज्यान गुमाएकाहरु प्रति श्रदासुमन व्यक्त गर्दै घरबार विहिन भएकाहरुको पुर्नबास तथा दिर्घकालिन प्याकेजका कार्यक्रम अगाडी बढाउन सरकारको ध्यानाकर्षणका साथै जोडदार माग गर्दछ । पत्रकार महासंघमा आवद भएका गैर पत्रकारहरुको सदस्यता खारेज गरी पत्रकार महासंघमा आवद्ध सदस्यहरुको सदस्यता सुद्धिकरण गर्नका लागी प्रेस चौतारी नेपाल बझाङ शाखा जोडदार माग गर्दछ ।

पत्रकारहरुको पेसागत हकहित, पेसागत सुरक्षाको मध्यनजर गर्दै सम्वन्धीत निकायसँग निति निर्माणका लागी जोडदार माग गर्दछ । बझाङ जिल्ला पर्यटकीय सम्भावनाको स्रोत भएपनि बझाङका पर्यटकीय स्थलको अझै प्रचार प्रसार गर्नका लागी स्थानिय सरकारको ध्यानाकर्षण गर्दछ । कतिपय पत्रकार तथा संचारकर्मी साथिहरुले काम गरे अनुसारको पारिश्रमिक नपाएको बेलाबेलामा गुनासो आउने गरेकोले सम्वन्धीत मिडिया हाउसलाई पारिश्रमिक दिलाउनका लागि समेत प्रेस चौतारी जिल्ला शाखा बझाङ अनुरोध गर्दछ । पत्रकार महासंघ जिल्ला शाखा बझाङ पत्रकारहरुको छाता संगठन भएकाले कतिपय पत्रकारहरुको क्षमता अभिवृद्धी गर्नका लागि सम्वन्धीत मिडिया हाउस तथा स्थानिय सरकारसंग समन्वय, सहकार्यका लागि प्रेस चौतारी बझाङ ध्यानाकर्षण गर्दछ, लगाएतका वुदाँहरु सहितको चैनपुर घोषणा पत्रसमेत जारी गरेको हो । अधिवेशनको उद्घाटन सर्तमा नेकपा एमालेका जिल्ला इन्चार्ज भैरव बहादुर सिंह लगाएतका नेताहरुले शुभकामना समेत दिएका थिए ।।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै