नेभिगेशन
सुदूरपश्चिम

बझाङमा प्रहरी र प्रशासनको सार्वजनिक यातायातमा छड्के अनुगमन

बझाङ: सार्वजनिक यातायातमा न्युनतम मापदण्डको समेत पालना नगरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बझाङले सार्वजनिक यातायातका साधनमा छड्के अनुगमन गर्न सुरु गरेको छ । यातायातका साधनहरुले यात्रुहरुलाई विभिन्न तवरबाट ठग्ने गरेको गुनासो पछि जिल्ला प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुुख तथा डिएसपी र ट्राफिक प्रहरी कार्यालयले जिल्लामा सञ्चालित यातायातका साधनहरुमा अनुगमन गर्न सुरु गरेको हो । अनुगमन गर्ने क्रममा टोलीले गाडीमा भाडा दर टाँस गरे÷नगरेको, राज्यले सुरक्षित गरेको महिला–अपाङ्ग तथा बृद्धको लागि छुट्टाइएको आरक्षण सिट कार्यान्वयनको अबस्था, गाडीको संरचना, बाल मजदुरको प्रयोग, गाडीको क्षमता अनुसारको प्रयोग, यात्रुहरुलाई गाडीका कर्मचारीले गर्ने व्यवहार लगायतको बारेमा अनुगमन गरेको हो । 

अनुगमनमा बझाङमा सञ्चालित गाडीहरु यात्रुमैत्री नपाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो । डिएसपी विष्टका अनुसार क्षमताभन्दा धेरै यात्रुहरु चढाउने, गाडीहरुले भाडादर सबैले देख्ने स्थानमा नटासेको, अपाङ्गता, महिला तथा अशक्त यात्रुको लागि राज्यले नै सुरक्षित गरेको आरक्षण कोटा सदुपयोग, बालश्रमिकको प्रयोग लगायतका मापदण्ड पालना नगरेको पाइकाले सचेत गराइएको छ ।

सार्वजनिक यातायातका साधनहरुले मापदण्ड अनुसारको भाडादरमा नआएको भन्दै यातायात व्यवसायीहरुलाई यातायातको व्यवस्था सुधार गर्न बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले निर्देशन दिनुभएको छ । नियमित रुपमा भैरहेको चेकजाँचलाई ब्यवस्थित बनाउदै बिभिन्न स्थानहरुमा छड्के चेकिङको समेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

हिउँदे समयमा दुर्घटना न्युनिकरण गर्न तथा हुन नदिनको लागी चेकिङ सुरु गरेको हो । बझाङ प्रहरीले सबारी साधनमा सिटको क्षमता अनुसार मात्रै यात्रुहरु चढाउन, मानब अधिकार हनन् हुन नदिनको लागी सबैलाई सचेत रहन लगायतको बिषयहरु राखेर रणनिति तयार पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । यातायातका साधनहरुमा हुने आपराधिक घटना रोक्न प्रहरीले दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई सुरक्षा दिने प्रहरीको योजना रहेको छ ।

चालकले लामो समय सम्म सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कारणले दुर्घटनाको सम्भावना बढी हुने गरेको छ । यात्रुको चापको बाहना बनाएर बढी भाडा असुल्ने समस्या आउन नदिन प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ मातहतमा रहेका सबै प्रहरी युनिटहरुलाई सबारी चेकजाँचमा ध्यान दिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बझाङले निर्देशन जारी गरेको छ ।

चेकजाचको क्रममा आज ४ वटा साना गाडीलाई भढिभाडा दर लिएको र रातो नम्बर प्लेटका गाडीले यात्रु बोकेको पाहिएकाले १० वटा गाडीलाई जरिवाना गरी ६ हजार बढी राजस्व संकलन गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै