नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वीका १३ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका भित्रका १३ वटा विद्यालयहरूका छात्राहरूलाई  निःशुल्क पुन ः प्रयोग गर्न मिल्ने सेनेटरि प्याड वितरण गरिएको छ । किशोरीहरूको शैक्षिक गुणस्तर उकास्न र किशोरीहरूलाई नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले हियर नेपालद्वारा सञ्चालित किशोरी तथा महिला परियोजना अन्तर्गत नगरपालिकाका १३ वटा सामुदायिक विद्यालयहरूलाई सेनेटरी प्याड वितरण गरेको हो । 

नगरमा रहेका ९ आधारभूत विद्यालय र ४ वटा माध्यमिक विद्यालयहरूमा सेनेटरी प्याड वितरण गरिएको हो । जसमा बालमन्दिर आधारभूत विद्यालयमा ४८, देवस्थली अधारभुत विद्यालयमा १६ बाल विकास माविमा ५१, धौलदेउ आधारभूत विद्यालयमा ३, सुर्मा आधारभूत विद्यालयमा २०, नमुना आधारभूत विद्यालयमा १३, पाण्डु माविमा ७९, बाल विकास आधारतभुत विद्यालयमा ७, नारायण माविमा ७५, भैरव आधारभूत विद्यालयमा १०, लुयाटा आधारभूत विद्यालयमा २२, शिशु आधारभूत विद्यालयमा २१ र निलखट्टी माविमा २७ जना महिनावारी हुने किशोरीहरूलाई प्रति किशोरी ५ पिसको एउटा प्याकेट सेनेटरी प्याड वितरण गरिएको हियर नेपालकी नर्स स्टाफ पार्वती ऐडीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘महिनावारी हुने किशोरी तथा छात्रा मात्र नभएर उनीहरूका आमाहरूलाई पनि गाउँमै गएर सेनेटरी प्याड वितरण गरिएको छ । जसमा ३ सय ९२ जना महिनावारी हुने किशोरीहरूका साथै किशोरीका आमाहरूलाई पनि उक्त प्याड वितरणका साथै प्याड प्रयोग गर्ने तरिका समेत सिकाएका छौ ।’ विद्यालयमा नै सेनेटरी प्याड वितरण गरिएपछि किशोरीहरूलाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन । जयपृथ्वी नगरपालिकाका १३ विद्यालयमा करिब अध्ययन गर्ने किशोरीहरू ६ सय २७ जना किशोरीहरू रहेकोमा ३ सय ९२ जना महिनावारी हुने किशोरीहरू रहेका छन् । 

विद्यालयमा सेनेटरी प्याड वितरण गरेपछि आफूहरूलाई विद्यालयमा आउनमा सजिलो भएको नारायण मावि पिमीमा अध्ययनरत किशोरी आरती सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेनेटरी प्याड नहुँदा टेबुलमा बस्न अप्ठ्यारो हुने, रगत बग्ने भएका कारण विद्यालयमा आउन लाज लाग्थ्यो । बीच कक्षामै घर जानु पर्ने बाध्यता थियो । अहिले सेनेटरी प्याड पाएपछी रगत सेनेटरी प्याडमै रोकिने भएकाले पुरै कक्षा पढ्न पाएका छौ ।’ सिंहका अनुसार यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै विद्यालय छुटेको छैन । विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफू जस्तै किशोरीलाई सजिलो भएको उहाँको भनाइ छ ।

संस्थाले विद्यालयहरूमा महिनावारी हुने किशोरीहरूलाई र उनका आमाहरूलाई सेनेटरी प्याड वितरण गरेको छ । भने, अन्य विद्यालयमा अध्ययन गर्ने तथा महिनावारी नहुने किशोरी र तिनका आमा, र किशोरहरूलाई पनि किशोर अवस्थामा हुने परिवर्तनका विषयमा १ दिने कक्षा पनि दिएको र किशोर किशोरी सम्बन्धी किताबहरू पनि वितरण गरिएको संस्थाका जिल्ला संयोजक नारायण प्रसाद जोशीले बताउनुभयो । 

महिनावारीको समयमा विद्यालय जाँदा विमला सिंहको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । संस्थाले विद्यालयमा प्याड वितरण गरेपछि प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।  विद्यालय समयमा महिनावारी भए पनि बीचैमा कक्षा छोडेर जानुपर्ने समस्यासमेत हटेको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुँदा कति पल्ट आफू बसेको बेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महसुस हुन्थ्यो । अहिले फेर्नलाई झन्झट हटेको छ ।’ विद्यालयमा प्याड वितरण सुरु भएपछि विद्यालय आउने किशोरीहरूको सङ्ख्या बढेको नारायण माविका शिक्षक दिनेश शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले पढाइमा कुनै वाधा पुगेको छैन । अहिले विद्यालय ढुक्क साथ आउन सकिने अवस्था छ ।’ संस्थाले विद्यालयमा किशोरीहरूलाई प्याड वितरण तथा किशोरकिशोरहिरुलाई किशोरावस्थाको बारेमा कक्षा दिएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति बढेको छ भने उनीहरूको शैक्षिक स्थिति पनि सुधार हुने अपेक्षा गरिएको समेत शाहीले बताउनुभयो । साथै अविभावकहरुले उक्त कक्षाले किशोरकिशोरीहरुको व्यवहारमा समेत परिवर्तन भएको बताएका छन् । संस्थाले निःशुल्क वितरण गरेका सेनेटरी प्याडहरू २ बर्ष भन्दा बढी समय सम्म प्रयोग गर्न मिल्ने संस्थाले जानकारी दिएको छ ।  संस्थाले सबै गरी ६ सय २७ किशोर, ४ सय २३ जना किशोरी र ४४ जना शिक्षक गरी जम्मा १ हजार ९९ जनालाई किशोर किशोरी सम्बन्धी कक्षा दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै