नेभिगेशन
समाज

नेपालमा पश्चिमी वायु प्रवेश, आज पनि असिना पानीको सम्भावना

काठमाडौं : प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार पनि केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् ।

शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद निराजन सापकोटाले बताए । सापकोटाले भने, ‘पहिले दक्षिण–पूर्वबाट वायु प्रवेश गरेको थियो । त्यसलाई अहिले पश्चिमी वायुको पनि सपोर्ट भएकाले हल्कादेखि मध्यमखालको वर्षा हुन्छ ।’


पश्चिमी वायु र स्थानीयस्तरको वायु सक्रिय भएकाले त्यसको असर देशभर देखिने मौसमविद बताउँछन् । काठमाडौं उपत्यकामा विहानपख आंशिक बदलीको अवस्था छ । दिउँसो पनि बादल लागेर पानी पर्ने सम्भावना रहेको सापकोटाले बताए । पहाडी भागमा चट्याङसहित हल्कादेखि मध्यमखालको र तराईमा सामान्य खालको वर्षाको सम्भावना रहेको उनले बताए ।

देशका पहाडी भू–भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले हुन अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै