नेभिगेशन
सुदूरपश्चिम

सुदुरपश्चिममा वर्षासँगै भारी हिमपात, जनजीवन कष्टकर 

बझाङ : बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै शनिबार देखि मौसममा आएको परिवर्तनसँगै सुदुरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ । सुदुरपश्चिममा आईतबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । हिमपात र वर्षासँगै बढेको चिसोका कारण दैनिक कामकाज प्रभावित भएको  छ ।

सुदुरपश्चिमका पहाडि जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भयको स्थानीयले बताएका छन् । गत वर्ष मंसिरमै हिमपात भएको भए पनि यस वर्ष ढिला गरि हिमपात भएको छ । बझाङको बुङगल र जयपृथ्वी नगरपालिका, छविसपाथिभेरा, तल्कोट, साईपाल, मष्टा, खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म पुग्न सकिने अवस्था नरहेको बुङगल नगरपालिका वडा नं १ का बिर्ख बोहराले बताए । उनले भने, ‘गाँउमा २ फिट भन्दा बढी हिँउ परेको छ ।  एक घर बाट अर्को घरसम्म जान सकिने अवस्था छैन ।

दैनिक कामकाजका लागि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।' विगतका वर्षहरुको भन्दा यस वर्ष चिसो अत्यधिक बढेका कारण चिसोको असर बालबालिका र बृद्धबृद्धाहरुमा बढी परेको बोहराको भनाई छ । 

हिमपातका कारण यातायात सेवा प्रभावित 

हिमपातका कारण पहाडि जिल्ला बाट प्रदेश राजधानी संगै अन्य ठाँउ संगको यातायात सम्बन्ध टुटेको छ । डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेक, बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थली लगायतका ठाँउहरुमा बाक्लो हिमपात भएका कारण पहाडि जिल्ला भित्रने बाहिरिने सावरी साधनहरु बाटोमै रोकिएका छन । सुदुरपश्चिम प्रदेशको राजधानी धनगडी र महेन्द्रनगर बाट पहाडि जिल्लाका लागि छुटेका रात्रीकालिन सेवाका बसहरु बाटोमै रोकिएका छन । बैतडीको खोडपे, डडेल्धुराको अनारखोली र अन्य ठाँउमा भयको हिमपातले बझाङ बैतडी र दार्चुलाको यातायात सेवा प्रभावित भयको जिल्ला प्रहरी कार्यालय बैतडिका सुचना अधिकारी प्रहरी निरीक्षक दर्शन खडकाले बताए । 

हिमपातका कारण संचारमाध्यम र टेलिफोन सेवा अबरुद्ध 

हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा  प्रभावित भएको छ । सौर्य उर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ । शनिबार देखि नै बेला बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका वडा नं १० देउलीकोटका मोहन बोहराले बताए । 

घाम नलाग्दा पहाडि जिल्लाका एफ एफ रेडियोको प्रसारण सेवा पनि प्रभावित भयको छ । रिले स्टेशनमा बिधुत सेवा नहुदा सौर्य उर्जाका भरमा प्रसारण भईरहेका एफ एफहरुको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भयको छ । तीन दिन देखि राम्ररी घाम नलागेको र सोलारका ब्याट्री चार्ज नहुदा सेवा प्रभावित भयको जयपृथ्वी एफ एम बझाङका अध्यक्ष प्रताप ओलीले बताए । उनले भने 'तीन दिन देखि रिले स्टेशनमा राम्ररी घाम लाग्न पाएको छैन । घाम नलाग्दा ब्याट्री चार्ज हुन सकेको छैन । रिले स्टेशनमै भारी हिमपात भयको छ । सौर्य उर्जा बाहेक अन्य विकल्प नहुँदा रेडियोको प्रसारण सेवा छोट्याईएको छ ।' दैनिक १८ घण्टाको प्रसारण हुने गरेकोमा अहिले दिउँसो रेडियो बन्द गरेर विहान ५ घण्टा र साँझ ५ घण्टा मात्र प्रसारण गर्ने गरेको उनको भनाई छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै