नेभिगेशन
राजनिति

बझाङबाट अर्जुनजङ्ग बहादुर सिंह बने नेपाली काँग्रेसको पहिलो केन्द्रिय सदस्य

बझाङ: नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बझाङबाट पहिलो पटक अर्जुनजङ्ग बहादुर सिंह केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । बझाङबाट नेपाली काँग्रेसको केन्द्रिय सदस्य बन्ने पहिलो नेता बनेका छन । सिंहले पिछडिएको क्षेत्र (भुगोल)बाट केन्द्रिय सदस्यको उम्मेदवारी दिएका थिए । सिंहले २ हजार ५ सय ७७ मत ल्याई आफ्ना निकटम प्रतिद्वन्दी दीपकजङ्ग शाहीलाई पराजित गरेका हुन । लामो समय देखि राजनितिमा सक्रिय सिंह पूर्व परराष्ट्र राज्यमन्त्री र कोरियाका लागि नेपाली राजदूत बनिसकेका छन ।

२०३४ साल देखि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनिति सुरु गरेका सिंह २०४४ सालमा नेविसंघको केन्द्रिय उपसभापति बनेका थिए । २०५६ सालको निर्वाचनमा विजयी भएका सिंह परराष्ट्र राज्यमन्त्री भएका थिए । २०४८ सालदेखि बझाङ जिल्लाबाट नेपाली काँग्रेसको महासमिति सदस्य बन्दै आएका सिंह यसपालि केन्द्रिय सदस्य बनेका हुन। काँग्रेस भित्रको गुटमा उनी देउवा निकटका मानिन्छन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै