नेभिगेशन
सुदूरपश्चिम

बैतडीको पाटनमा जिप दुर्घटना हुँदा चारको मृत्यु :छ घाईते

बैतडी: बैतडीको पाटन नगरपालिका–१ खलीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पाटनबाट कैलपालको सकार तर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप सोमबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि ६ जना घाइते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको रहेको ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

घाईतेहरुको पाटन स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । जिप चालक भने फरार रहेका छन् । जिप सडक बाट एक सय मिटर तल खसेको थियो । यस अघि गएको विहिबार बैतडीमा गोठलापानीबाट दोगडाकेदार ४ बसाली तर्फ गईरहेको से १ ज २२६ नम्बरको जिप दोगडाकेदार गाउँपालिका ३ तारल भन्ने स्थानमा दुर्घटना हुँदा ३ जना घाईते भएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै