नेभिगेशन
विदेश

भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

नयाँदिल्ली : भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ । मन्त्री जावडेकरले शुक्रबार साँझ ट्विट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।

‘आज मलाई कोभिड पोजिटिभ पुष्टि भएको छ । पछिल्ला २–३ दिन मेरो सम्पर्कमा आउनेहरुले कृपया स्वास्थ्य परीक्षण गराउनुहोला’ उनले ट्विटमा लेखेका छन् ।

भारतमा विगत केही दिनयता कोरोना संक्रमण भयावह बन्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार थप २ लाख १७ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको थियो । जुन एकै दिनमा थपिएको संक्रमित संख्याका हिसाबले कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । बिहीबार थपिएका संक्रमितसँगै भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ४२ लाख नाघेको छ । संक्रमण बढ्ने क्रमसँगै मृत्युदर पनि चिन्ताजनक ढंगले बढेको छ । बिहीबारमात्रै १ हजार १८५ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

भारतका महाराष्ट्र, दिल्ली, मध्यप्रदेश, गुजराज, छत्तीसगढ, कर्नाटक, उत्तरप्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, केरलामा संक्रमण भयावह बन्दै गएको छ । संक्रमण बढेसँग अस्पतालमा बिरामीहरुको भीड पनि बाक्लिएको छ । अस्पतालहरुमा बेड, अक्सिजनको चरम अभाव सुरु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै