बझाङ : बझाङमा बाढीपहिरोले पु्र्याएको क्षतिसँग सम्बन्धित देउडा गीत सार्वजनिक भएको छ । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बेमौसमी वर्षाका कारण बझाङमा भएको ठूलो धनजनको क्षतिसम्बन्धी देउडा गीत युट्युब च्यानल स्याउल्या बजारमाबाट सार्वजनिक भएको हो ।
गीतमा बझाङ थलारा ९ का गायक बासुदेव जोशी र चर्चित गायिका शोभा थापाले स्वर दिनुभएको छ । बासुदेव जोशीको शब्द सिर्जना रहेको गीतमा बझाङका बाढी पहिराका भिडियो भने पत्रकार प्रताप ओली उपलब्ध गराउनुभएको छ । गीतले बाढीपहिरोबाट विस्थापित बझाङबासीका दुख बेदनालाई चित्रण गरेको छ । गायक बासुदेव जोशीलाई बझाङकै केशबराज जोशीले साथ दिनुभएको छ ।
गीतको भिडियोलाई RKB NEWS and pvt.ltd का सञ्चालक कमल थापा विवेकले सम्पादन गर्नुभएको हो । गीतको एरेन्ज भने विशेष डिजिटल रेकर्डिङ स्टुडियो काठमाडौंका सञ्चालक विजय थापाले गर्नुभएको छ ।