नेभिगेशन
सुदूरपश्चिम

अमेरिका र भारतबाट संकलित राहत रकम थलारा र खप्तडछान्नामा वितरण 

बझाङ : अमेरिका र भारतबाट संकलित राहत रकम थलारा र खप्तडछान्नामा वितरण गरिएको छ । अमेरिकाबाट संकलित ५ लाख ६७ हजार ४ सय ३५, भारतबाट संकलित ५० हजार थलारा र खप्तडछान्नाका बाढी पहिरो पिडितलाई वितरण गरिएको हो । 

अमेरिकामा रहेका थलारा गाउँपालिका वडा नम्बर ९ सिराटाका अर्जुनबहादुर सिंहका छोरा धनबहादुर सिंह र जयपृथ्वी नगरपालिका १० कुलालीगाउँ घर भइ हाल अमेरिका बस्दै आउनुभएका नवराज जोशीका छोरा यज्ञराज जोशी मार्फत् संकलित ५ लाख ६७ हजार ४ सय ३५ रकम मध्ये थलारा ४ डिख्लाका ७ पिडित परिवारलाई एक लाख ८० हजार, खप्तडछान्ना भरका ३५ घरपरिवारका बाढी पहिरो पिडितलाई २ लाख ५३ हजार वितरण गरिएको छ भने बाँकी एक लाख ३४ हजार ७ सय ५० थलाराका अन्य वडामा वितरण गरिने धनबहादुर सिंहका दाई प्रेमबहादुर सिंहले बताउनुभयो ।

खप्तडछान्ना वितरण गरिएको रकमबारे बुझ्न यो भिडियो हेर्नुहोला ।

थलारा ४ डिख्लामा वितरण गरिएको अमेरिकाबाट प्राप्त रकम   
खप्तडछान्नामा वितरण गरिएको भारतबाट प्राप्त रकम
थलारा ४ डिख्लामा वितरण गरिएको भारतबाट प्राप्त रकम

अमेरिकाबाट चन्दा सहयोग गर्ने व्यक्तिहरु र रकम

1- Narendra Dev pant $ 101 
2- parasa singh shahi $ 100 
3-Dhan Bdr singh $ 101  
4 - jay Thulung Rai $ 25 
5- Bikash singh Thakuri $ 55 
6 -  kapil Dhami     $ 50 
7- Ganesh Aryal $ 51 
8- Raj  shrestha $ 55
9 - Krishan Awasthi $101
10- Biru Gurung $101
11- Krishna / kripa  kandel $ 101
12-Sher Rawal     $51
13-Rabin Tumbahangphe  $51 
14-Yagay  Joshi     $201
15- Harish Bhatta $  $51
16- Puspa  Dahal  $ 55
17- Ram Chandra Shrestha $101
18- Ram chandr Reghmi $51
19- Shankar Dhakal $51
20- Bijay Bhatta $ 51
21- Gopal Joshi $51
22- parash khadka  $101 
23- Deepak pandit $ 55
24 -Sanjay pant $ 51 
25 -Ram ojha $21
26- Gopal Adhikari $ 51 
27- Arjun Dahal $41
28- Mangal Bahadur singh $ 101
29- Dilip khati   $101 
30- Ishwar prasad Joshi $ 51 
31- Ashok giri   $ 21
32-Janak  Raj  upadhayay $105
33- Ramesh Chand Thakuri $55
34- Jang   Pal.    $ 101
35-  Jitendra Basnet $31 
36-Narayan  paudel $25 
37-  Chet Raj Joshi  $51 
38- Sudip Adhikari $21
39- Rishi Bhattarai  $31
40- Megharaj Reghmi $51 
41- KP Bhatta     $31
42- Prachanda Singh $ 101 
43- Bhadra Rai  $31
44- laxman  singh $ 101
45-Prativa singh  chand $101
46-Ashok Shrivastav $101
47-Narayan Mishra $ 51
48- Subhash Budhathoki  $51
49- Madhu Aryal   $31
50- Run Bahadur chochangi $21
51- purushottam Dhakal $ 21
52 - Deepak khatiwada  $ 55
53- Madhav Atreya  $31
54- Raghu Giri $25
55- shudarshan  Banjara $ 26
56- subhash k c  $ 51
57 - Rinku shrestha $ 25
58- Santosh  singh  $101
59 - Rajan Timsina  $ 31 
60- Ramesh KC $ 25
61- Ganesh Bdr Gauli $ 41
62- Yagya Raj Ojha $51
63- Hem raj  Gurung $101
64- Tejesh B Malla $25
65-Nar Bdr  Basnet $ 51
66- Hari Chandra Joshi( Nepal)Rs 20001
67-laxmi Bam Singh $101
68 -Master  G cash & carry $ 500
69-John W Burton Jr. $ 100
70-Ishwar Bhandari $ 55
71-Suresh Pant $50
—————————
Total Amount $ 4855

 यस्तै थलारा ९ सिराटा घर भइ हाल भारतमा रहेका कलाकार बासुदेव जोशीको संयोजनमा संकलित २३ हजारमध्ये १० हजार थलारा ४ डिख्लामा र १३ हजार खप्तडछान्नामा वितरण गरिएको छ । यस्तै हाम्रो सुदूरपश्चिम देउडा एकता समाजद्धारा संकलित २७ हजारमध्ये थलारा ४ का बाढी पहिरो पिडितलाई १० हजार र १७ हजार खप्तडछान्नामा वितरण गरिएको हो । राहत वितरण क्रममा बाढीपहिरो पिडितले राहतभन्दा पनि बस्ती नै स्थानान्तरणका लागि सबैले पहल गरिदिन माग गरेका छन् । उनीहरुले हाल बसिरहेका सबै ठाउँ असुरक्षित भएकाले अन्त स्थानान्तरण गरिदिन माग गरेका हुन् । 

थलारा ४ डिख्लाका बाढीपहिरो पिडितलाई सरस्वती आधारभुत विद्यालयको प्राङ्गणमा आयोजित राहत वितरण कार्यक्रममा अमेरिकाबाट पठाइएको रकम प्रेमबहादुर सिंह र पत्रकार प्रताप ओली मार्फत् थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय, थलारा ४ का वडाध्यक्ष्य विष्णु विष्ट, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य राम खाती र नेकपा एकीकृत समाजवादी पार्टीका जिला कमिटी सदस्य लोकेन्द्र विष्टद्वारा वितरण गरिएको थियो भने भारतबाट संकलित रकम गाउँपालिका अध्यक्ष उपाध्याय र वडाध्यक्ष  विष्टद्वारा वितरण गरिएको थियो । 

खप्तडछान्ना गाउँपालिकाका बाढी पहिरो पिडितलाई गाउँपालिकाको समिक्षालयबाट वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा खप्तडछान्नाका राजनीतिक दलका प्रतिनिधि, खप्तडछान्ना गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत, पत्रकार प्रताप ओली लगायतको उपस्थितीमा वितरण गरिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै