नेभिगेशन
सुदूरपश्चिम

बेमौसमी बर्षा संगैआएको बाढीले बझाङका पक्की पुल जोखिममा

 बझाङ: सेती नदी तथा अन्य खोलामा आएको बाढीले बझाङ जिल्ला सदरमुकाम चैनपुर जोडने जयपृथ्वी राजमार्गका पक्की पुल जोखिममा परेका छन । कतिपय ठाँउमा बाढीले कटान गरेर जोखिममा पारेको छ भने कतिपय ठाँउमा पुलनै पुरिने अवस्था आएको छ । मुख्य राजमार्ग जोडने सेती नदी माथी बनेका र अन्य खोलाहरुमा निमार्ण भई सकेका र निमार्णाधिन पक्कीपुलहरु जोखिममा रहेका छन । जयपृथ्वी राजमार्ग र सेती लोकमार्ग जोडने झनाना पक्की पुल, मौरीबगरमा रहेको तारुगाड पक्कीप पुल, चैनपुर ताक्लाकोट सडकखण्डमा पर्ने सुनिकोट गाड पक्की पुल, नारुगौडामा र तमैलमा बन्न लागेको निमार्णधिन पक्की पुल जोखिममा रहेका छन । कात्तिक पहिलो साता आएको बेमौषमी बर्षाका कारण गएको बाढीपहिरोले पक्कीपुलहरु जोखिममा परेका हुन । 

.जोखिममा रहेको तारुगाड खोला माथी बनेको मौरीबगरमा रहेको पक्कीपुल ।

जयपृथ्वी राजमार्ग र सेतीलोकमार्ग जोडने झनाना पक्की पुलबाट सवारी गुडाउन बन्द गरिएको छ । पुलको झनाना बजार तर्फको पिल्लरमा सेती नदीको बहाबले क्षति पुगेको थियो । प्राविधिकहरुको टोलीले पुलको पिल्लरमा क्षति पुगेको जनाएको छ । पिल्लर कमजोर भएकाले ठूला सवारी हाँक्न जोखिम रहेकोले प्राविधिक टोलीले पूलमा गाडी नचलाउन सुझाव दिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । सेती पारीका तीन गाँउपालिका तथा छिमेकी जिल्ला बाजुरा र अछाम लाई सडक संजाल संग जोडन तमैलमा निमार्ण हुन लागेको पक्की पुलको एकातर्फको पुरै भाग बगाएको छ । तमैल पुल निमार्णको अन्तिम चरणमा थियो । निमार्ण कम्पनिले पुलको ६५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । तर सेती नदीमा आएको बाढीले तमैल तिरको जमिन बगाएर पुललाई नदीको विचमा राखेको छ । २०७३ सालमा ठेक्का सम्झौता गरि तीन बर्षमा सम्पन्न गर्ने गरि के.इस कन्सट्रक्सनले ११ करोडमा पुल निमार्णको जिम्मा लिएको थियो । ठेकेदारको लापरवाहिले समयमै निमार्ण गर्न नसकिएको पुल सेती नदीले बगाउदा झन अलपत्र परेको छ । बाढीले पुलमा पु¥याएको क्षतिका विषयमा चैनपुर ताक्लाकोट सडक परियोजनाको उत्तर खण्डले विभागमा पत्र पठाई सकेको छ । पुल निमार्णको कामलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल गर्न कार्यालय प्रमुख काठमाडौ गईसकेकाले निमार्ण कार्य चाँडै सुरु हुने प्राविधिक विष्णु खातीले बताए ।

जयपृथ्वी राजमार्ग र सेतीलोकमार्ग जोडने क्षतिग्रस्त झनाना पक्की पुल ।

दुर्गाथली गाँउपालिकाको मुख्य व्यापारिक केन्द्र रहेको मौरीबगरको तारुगाड पुल पनि जोखिममा छ । तारुगाड खोलामा आएको बाढीले ढुङगा माटो थुपारेपछि पुल जोखिममा रहेको छ । तारुगाड खोला अहिले पुलको एकापट्टी भएर बगिरहेको छ । अरुभागमा ढुङगा र माटो थुपरिएर माध जस्तै बनेको यातायात व्यवसायी चक्र बोहराले बताए । जिल्लामा विनास्टमेट निमार्ण गरेका ग्रामिण सडकका कारण पुल जोखिममा रहेको उनको भनाई छ । उनले भने ‘गाँउ गाँउ जाने सयौँ ग्रामिण सडक डोजरले खनिएका छन । बर्षाको समयमा डोजरले खनेको माटो पानीले बगाएर भलको रुप लिई खोला सम्म पुग्छ । यस्ता खोलाहरुमा बगेको भल मिसिएर बाढीको रुप लिई ठुलो क्षति हुने गरेको छ । यो पुल पनि ग्रामिण सडककै कारण जोखिममा परेको हो ।’ यस्तै अवस्था रहिरहे आउने असारमा पुलको नामोनिसाना नरहने उनको भनाई छ । चैनपुर ताक्लाकोट सडक खण्डमा पर्ने सुनिकोट गाडको पुल पनि जोखिममा छ । सुनिकोट गाडमा आएको बाढीले पुलको वरपरको भुभाग कमजोर बनाई पुल जोखिममा पारेको छ । केदारस्युँ गाँउपालिकाको नारुगौडामा निमार्णधिन पक्कीपुल पनि जोखिममा रहेको छ । पुल छेउ सम्म सेती नदी पुगि सकेको छ । बेमौसमि बर्षाका कारण नारुगौडामा सडक पनि बगाएको थियो । अहिले नयाँ ट्रयाक खोलेर राजमार्ग सुचारु भएपनि नारुगौडाको पुल पनि दिगो रुपमा संचालन हुन सक्ने स्थिति छैन ।

सेतीनदीले बगाएपछि क्षतिग्रस्त बनेर नदीको विचमा रहेको तमैल पक्कीपुल ।
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै