नेभिगेशन
सुदूरपश्चिम

सुदुरपश्चिममा एमाले महाधिवेशन प्रतिनिधिको दौडमा सांसद देखि उपमेयरसम्मः कहाँ के  के हुदैछ?

१० औँ महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट

बझाङ: नेकपा एमालेको चितवनमा हुने १० औँ महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोटको कार्य भइरहेको छ । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा महाधिवेशन प्रतिनिधिका लागी सांसद देखि उपमेयरसम्म दौडमा छन । विभाजनको असर अझैपर्न सक्ने देखिएपछि नेकपा एमाले ले सबै जिल्लाहरुमा प्रतिनिधि छनौट गर्दा सकेसम्म सर्बसम्मत ढंगले गर्न भनेको छ । बझाङ र बैतडीमा महाधिवेशन प्रतिनिधि सर्वसम्मतले चयन भएका छन । अन्य जिल्लाहरुमा पनि सर्वसम्मतले प्रतिनिधि चयनका लागी प्रयास भईरहेको एमालेले जनाएको छ । तर, आकांक्षी धेरै देखिएका स्थानहरुमा सहमति जुट्न नसक्दा चुनावको माहोल बनेको छ । 

एक मात्र संघिय निर्वाचन क्षेत्र रहेको बैतडी र बझाङमा शनिवार सहमतिमै प्रतिनिधि छनौट टुङगाएको छ । महाधिवेसनका लागी बझाङमा १६ जना प्रतिनिधि छनौट भएका छन । संघिय सांसद आशाकुमारी बिक, अनेरास्ववियुका पुर्व अध्यक्ष ऐन महर, एमालेका जिल्ला अध्यक्ष दमन भण्डारी, समन्वय प्रमुख खडक खडका सहित १६ जना स्थानिय तहका प्रमुख उपप्रमुखहरु महाधिवेसन प्रतिनिधि छनौट भएका छन । यस्तै बैतडीमा १० वटै प्रतिनिधित्व हुने गरी सर्बसम्मत रुपमा १५ जना प्रतिनिधिको टुंगो लागेको छ । संघीय सांसद दामोदर भण्डारी, प्रदेश सभा सांसद लिलाधर भट्ट, जिल्ला अध्यक्ष सुरेन्द्र पाल सहित १५ जना छनौट भएका छन । दार्चुलामा तीन दिन देखि सहमतिमै प्रतिनिधि छनौटको प्रयास भएपनि अझै टुङगो लागेको छैन । त्यस्तै डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलालीमा पनि सहमतिमै टुङगाउने प्रयास भईरहेको सके सम्म आजै साँझ टुङगो लाग्ने नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सचिव राजेन्द्र रावलले बताए । 

अरु ठाँउमा सहमति भएपनि कञ्चनपुरको क्षेत्र नं. १ मा चुनाव भईरहेको छ । महाधिवेशन प्रतिनिधि छनोटमा सहमति जुट्न नसक्दा निर्वाचन प्रकृया थालिएको हो । ५ जना महाधिवेशन प्रतिनिधि छनोटका लागि १० जनाका बीचमा प्रतिस्पर्धा हुँदैछ । खुलातर्फ ४ जना प्रतिनिधिका लागि जिल्ला अध्यक्ष बीरबहादुर थापा ‘पातल’, सहसचिव पल्लवराज भट्ट, रोशन खड्का, हिरासिंह विष्ट, खेम सुवेदी, रामचन्द्र नेपाल, भक्तबहादुर अधिकारी, खेमराज ओझा, महिलातर्फ बेलौरी नगरपालिकाकी उपमेयर चित्रादेवी चौधरी र भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी पूर्व अध्यक्ष कमला बोहरा, चुनावी मैदानका उत्रिएका छन । 

निर्वाचन क्षेत्र नं. २ मा आज पनि सहमतिको प्रयास जारी छ । ५ जना महाधिवेशन प्रतिनिधिका लागि १५ जनाको उम्मेदवारी परेको छ । खुल्लातर्फ १३ जनाको र महिलातर्फ २ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिका लागि संघीय सांसद नरबहादुर धामी, पूर्व सांसद कृपाराम राना, बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द, जिल्ला सहसचिव रणबहादुर महरा, युवा संघ नेपालका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह र जिल्ला उपाध्यक्ष लक्ष्मी बुढालगायत १५ जना प्रतिस्पर्धामा उत्रिएका छन् । क्षेत्र नं. ३ मा भने सर्वसम्मत ढंगले महाधिवेशन प्रतिनिधिको छनोट गरेको छ । आईतबार विहान लामो समयको प्रयास पछि १२ जना आकांक्षि बाट संघीय सांसद दिपकप्रकाश भट्ट, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदेव पन्त र जिल्ला कमिटी सल्लाहकार खिमा चन्दलाई महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै