नेभिगेशन
सुदूरपश्चिम

झनाना पक्की पुलमा पनि क्षति पुगेको प्राविधिक टोलीको निष्कर्ष, ठूला सवारी नगुडाउन सुझाव

बझाङ : कात्तिक पहिलो साता आएको बेमौषमी बर्षाका कारण झनाना पक्की पुलमा पनि क्षति पुगेको पाइएको छ । झनाना पक्की पुलको झनाना तर्फको पिल्लरमा नदीको बहाबले क्षति पुगेको प्राविधिक अध्ययनबाट पाइएको हो ।

सडक सञ्चालन लागि बैकल्पीक मार्गका रुपमा हेरिएको उक्त पुलको पिल्लरमा क्षति भइ ठूला सवारी हाँक्न अयोग्य ठानिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

उहाँले जयपृथ्वी राजमार्गको बैकल्पिक मार्ग त्यस सडकलाई लिइएको तर प्राविधिक टोलीले त्यस पूलमा गाडी नचलाउन सुझाव दिएपछि त्यस तर्फ सडक मर्मतको काम रोकिएको बताउनुभयो ।

सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर बर्ख कठायतले त्यस सडकलाई आफूहरुले उत्तम विकल्प सम्झेको भए पनि पुलमा क्षति भएकाले त्यहाँ उपयुक्त नभएकाले जालेबगरमै सडक खुलाउने प्रयास गरिएको बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै