नेभिगेशन
सुदूरपश्चिम

दार्चुलामा करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या आशंका

करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको मार्मा बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ।

बझाङ : गत आइतबार करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको मार्मा बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ। मार्मा गाउँपालिका– ४ बिम्थी बसरका महराको वडा नम्बर– २ को लामबगरस्थित गणेशसिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो। 

उनको हत्या गरिएको आशंका रहेको मृतकका भतिज सुरेन्द्र महराले गरेका छन्।  ‘घटनास्थलमा एक थोपा रगत छैन। लटिनाथ स्वास्थ्यचौकीमा पुग्दा १०–१५ लिटरजति रगत बगेको छ। टाउकोमा गम्भीर चोट लागेको छ। करेन्ट लागेको भए चोट कसरी लाग्यो ?’ उनले प्रश्न गरे। उनले महराको हत्या गरिएका प्रमाणहरू फेला पर्न थालेकाले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेका छन्। मृतकका आफन्त घटनास्थलमा नपुग्दै महरा घाइते भएको भनी अन्यत्रै लगिएको स्थानीय प्रकाश धामीले बताए।

मिस्त्री काम गर्दै आएका महराको शव पोस्टमार्टमका पश्चात आफन्तले बुझेका छन्। उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मृतकका आफन्तले हत्याको आंशकासहित जाहेरी दिएकाले घटनाको सत्यतथ्य छानबिन गरिने दार्चुलाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै