नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाँउपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

बझाङ: बझाङको केदारस्युँ गाँउपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । केदारस्युँ गाँउपालिका वडा नम्बर ८ लोतुका विनोद खत्रीकी श्रीमती २२ बर्षिया लक्ष्मी खत्रीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगडी पठाइएको हो । लोतु सामुदायिक स्वास्थ्य ईकाई प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार विहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी विहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिईन । साँझ अवेर सम्म पनि सुत्केरी हुन नसकेको सुत्केरीको अवस्था हेर्दा शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्ने अवस्था भएपछि खत्रीलाई धनगडी पठाईएको उनको भनाई छ ।  

शनिबार विहान गाँउपालिकाका उपाध्यक्ष निशा धामीलाई टेलीफोन गरेर समस्या दर्शाए पछि उद्धारका लागी पहल सुरु भएको थियो । विकट ठाउँ भएकाले उद्धारमा कठिनाई भएको हो । जयपृथ्वी राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पु¥याउन सकिने अवस्था नभएको ले हेलिकप्टर मार्फत उद्धार गरिएको गाँउपालिकाकी उपाध्यक्ष धामीले बताईन । सडक अवरुद्ध हुँदा जटिल प्रकारका विरामीलाई समस्या हुने गरेको छ । एक साता अघि थलाराकी एक महिलालाई पहिरोमा परेका हरुको उद्धारका लागी आएको सेनाको हेलिकप्टर मार्फत जिल्ला अस्पताल ल्याईएको थियो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै