नेभिगेशन
सुदूरपश्चिम

यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूर पहाडमा उपचार पाउनै मुस्किल

बझाङ : यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा उपचार सेवा प्रभावित हुन थालेको छ। बाजुरा, बझाङ, डोटी र दार्चुला जिल्ला जोड्ने मुख्य राजमार्गसहित ग्रामीण सडक पूर्ण रुपमा सुचारु नहुँदा बिरामीको उपचारमा समस्या हुन थालेको हो। 

सडक मार्ग अवरुद्ध भएका जिल्लामा बिरामीलाई अस्पताल ल्याउन तथा उपचार गर्न नसक्ने बिरामीलाई रेफर गर्दा समस्या हुन थालेको हो। बैतडीमा मुख्य राजमार्ग सुचारु भए पनि ग्रामीण सडक सुचारु नहुन्दा उपचार तथा खोप वितरणमा समस्या भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले  बताएका छन् । ’बैतडीमा मुख्य राजमार्ग सुचारु भए पनि ग्रामीण सडक अवरुद्ध नै छन्,’ उनले भने, ‘पुर्चौडी, शिवनाथ र पञ्चेश्वरमा नियमित खोप लैजान पनि समस्या भएको छ।

अछाम जिल्लामा भने एम्बुलेन्सको अभावले बिरामी रेफर गर्न समस्या भएको छ। सुर्खेत हुँदै बिरामी रेफर गर्नु परे पनि जिल्ला अस्पतालसम्म बिरामीलाई आउन समस्या भएको अछाम जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटाले बताइन्। ’यता एम्बुलेन्स नभएर समस्या भएको छ,’ उनले भनिन्, ‘बिरामी रेफर गर्नु परे सुर्खेतको बाटो प्रयोग भइरहेको छ।

डोटीमा मुख्य राजमार्ग अवरुद्ध हुँदा जिल्लामा बिरामीको उपचारमा समस्या भएको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएमा अछामको बयलपाटा रेफर गर्ने गरेको डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण जोशीले बताए। ’हामीले रेफर गर्नुपर्ने बिरामी बयलपाटा अस्पताल पठाइरहेका छौँ,’ उनले भने, ’सडक अवरुद्ध हुँदा ग्रामीण भेगबाट त बिरामी आउन निकै समस्या भएको छ।

बझाङ जिल्ला अस्पतालमा भने सडकसँगै विद्युत सेवा अवरुद्ध हुँदा उपचार सेवा प्रभावित भएको छ। जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा डिजेलको आपूर्ति पनि गर्न नसकिएको र केही दिनपछि अस्पतालको समग्र उपचार सेवा प्रभावित हुने चिन्ता मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सन्दीप ओखेडाको छ। ’हाम्रो अस्ततालमा बिजुली नहुँदा बिरामीको उपचारमा समस्या भइरहेको छ,’ उनले भने, ’जेनेरेटर चलाइ रहेका छौँ। तर डिजेल नपाए केही दिनपछि उपचार गर्न निकै मुस्किल हुने डर छ।’

बाजुरा जिल्लामा पनि अत्यावश्य औषधिको अभाव भएको जनाइएको छ। पहाडी जिल्ला जोड्ने राजमार्ग तथा ग्रामीण सडक एकदुई दिनभित्र सञ्चालन गर्न नसके सात पहाडी जिल्लामा औषाधिसँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको चरम अभाव हुने चिन्ता गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै