नेभिगेशन
सुदूरपश्चिम

सुदूर पहाडमा कहिले हुन्छ पूर्ण रुपमा विद्युत सेवा सुचारु ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा अझै विद्युत सेवा सुचारु गर्न सकेको छैन

बझाङ: नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमका ७ पहाडी जिल्लामा अझै विद्युत सेवा सुचारु गर्न सकेको छैन। सुदूरपश्चिममा माग अनुसार बिजुली दिन नसकेको प्राधिकरणले वर्षापछि अवरुद्ध भएको सेवा सुचारु गर्न नसकेको हो। पहाडी जिल्लामा पूर्णरुपमा विद्युत सेवा सुचारु गर्न अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ ।

ग्रामीण क्षेत्रमा क्षतिको विवरण संकलन गर्नै बाँकी छ भने केही जिल्ला सदरमुकाममा भने बिजुली बल्न थालेको छ। विगतदेखि नै बाढीपहिरो र हावाहुरीले लाइनमा आउने समस्या समाधान गर्न प्राधिकरणले समय लगाउँदै आएको छ। 
डडेल्धुरा लगायतका जिल्ला सदरमुकामा बिहीबारदेखि विद्युत सेवा सुचारु भए पनि ग्रामिण क्षेत्र र अन्य पहाडी जिल्लामा भने विद्युत सेवा अवरुद्ध छ। गत आइतबारदेखि तीन दिनसम्म भएको वर्षापछि अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु हुन नसकेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका स्थानीय भोजराज अवस्थीले बताए। ‘सदरमुकाममा बत्ती भएपनि गाउँहरुमा बिजुली छैन। बिजुली नहुँदा फोन चार्ज गर्न पनि सदरमुकाम जानुपर्ने अवस्था छ’ उनले भने।

विद्युत सेवा अवरुद्ध भएपछि पहाडी जिल्लामा अधिकांशका मोबाइल फोन पनि बन्द भएका छन्। बाढीपहिरोले ठूलो क्ष्ति भएको समयमा विद्युत नहुँदा थप पीडा भाग्नु परेको पहाडी जिल्लाका बासिन्दाको गुनासो छ। विद्युत सेवा अवरुद्ध भएपछि पुरै जिल्ला अन्धकारमय भएको बझाङका पत्रकार प्रताप ओलीले बताए। ‘बझाङमा मुख्य सडक छिन्नभिन्न भएको छ। बैतडीदेखि चैनपुरसम्म ठाउँठाउँमा विजुलीका पोलहरु ढलेको विद्युत प्राधिकरण बझाङले बताएको छ’ उनले भने, ‘विद्युत अवरुद्ध हुँदा पुरै जिल्ला अन्धकारमय भएको छ।

विद्युत प्राधिकरणले जिल्ला सदरमुकामहरुमा विद्युत सेवा सुचारु गर्न मर्मतको कार्य गरिरहेको छ। त्यसैले शुक्रबारसम्म अधिकांश जिल्ला सदरमुकाममा बिजुली बल्ने अपेक्षा गरिएको छ। तर ग्रामीण क्षेत्रमा भने अहिलेसम्म क्षतिको विवरण समेत संकलन नहुँदा विद्युत सेवा कहिलेबाट सुचारु हुने हो ? निश्चित छैन। 

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरिया प्रमुख जङ्गबहादुर चन्दले प्रदेशका सबै ठाउँमा अवरुद्ध भएको विद्युत नियमित गर्न केही समय लाग्ने बताए। ‘जिल्ला सदरमुकामहरुमा विद्युत सेवा सुचारु भएको छ’ उनले भने, ‘ग्रामीण क्षेत्रमा क्षति नै कति भएको छ त्यो विवरण नै आएको छैन। सबै ठाउँमा विद्युत पर्याउन केही समय लाग्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै