नेभिगेशन
समाज

सिंहदरबारभित्र नायब सुब्बाको प्रदर्शन

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरू आन्दोलित भएका छन् । 

संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्थाअनुसार नायब सुब्बाहरूमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदरबारभित्र काम गर्ने नायब सुब्बाहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् ।

राजपत्र अनंकित तृतीय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरूमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्वितीय श्रेणीको खुला विज्ञापनमा राजपत्र अनंकित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग आफूहरूको रहेको नायब सुब्बा श्रीराम पौडेलले बताए । 

प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीहरूको मनोबल घटाउने मात्र नभई हितविपरीत भएकोले उक्त ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायब सुब्बा लक्ष्मीप्रसाद शर्माले बताए । प्रस्तावित ऐनमा कर्मचारीमैत्री निजामती सेवा नभएकोसमेत बताए । 

प्रस्तावित ऐनले कर्मचारीहरूको वृत्ति विकास, सेवा, सुविधा र अवसरहरूलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागी नायब सुब्बा लक्ष्मण गुरागाईंले बताए । आन्तरिक प्रतिस्पर्धाबाट वृत्ति विकासको बाटो पाउनुपर्ने मागलाई सरकार, संसद् र सांसदहरूले सम्बोधन गर्नुपर्ने नायब सुब्बा सुष्मा थापाले बताइन् । 

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रदर्शनकारीले ‘हामी अधिकारभन्दा पनि न्याय माग्न आएका हौँ,’ ‘माननीयज्यू नासुको आँसु देख्नुभएन ?’, ‘गिराएर मनोबल ! कस्तो खोजेको प्रतिफल ?’, ‘राजपत्र अनंकित श्रेणीको कर्मचारीको अनुभवलाई अनुभव मान’लगायतका प्लेकार्ड बोकेका थिए । यस्तै प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नाराबाजीसमेत गरेका थिए । माग पूरा नभएसम्म आफूहरूको आन्दोलन जारी रहने नायब सुब्बाहरूले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै