नेभिगेशन
समाज

मुगु बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे, घाइते १५ जनालाई नेपालगञ्ज पुर्‍याइयाे

मुगु : मुगुमा बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिनामा सडकबाट खस्दा २८ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । 

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनालाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्जका अस्पतालमा पुर्‍याइएकाे पनि प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो । सामान्य घाइते भएका एक जनालाई भने उपचारका लागि गमगढी पठाइएकाे छ । 

मृतकको सनाखतका लागि गमगढी अस्पताल पठाउने तयारी भइरहेको छ । तर मृतकलाई अस्पतालसम्म लैजान समस्या रहेकाले भोलि बुधवार बिहानसम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

बसमा ४५ जना यात्रु रहेको अनुमान गरिएको महतले जानकारी दिनुभयो । बस भिरबाट निकै तल खसेकाले भिर र रुखमा पनि मृतक र घाइते अड्किएको हुन सक्ने शङ्कामा खोजी भइरहेको छ । 

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टराई सहितको टोली खटिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै