नेभिगेशन
सुदूरपश्चिम

डडेल्धुरामा आलु थन्कियो, कमिसनको चक्करमा भारतीय आलु खरिदबिक्री

बझाङ : डडेल्धुराका किसानले आफूसँग भएको आलुको बीउ बिक्री नभएको गुनासो गरेका छन्। जिल्लामा आलु खेती प्रसस्त हुने भए पनि किसानले भने कोल्डस्टोरमा राखिएको स्थानीय आलुको बीउ बिक्री नहुँदा मर्कामा परेको बताएका हुन्। स्थानीय तहहरुले किसानबाट सोझै बीउ खरिद नगर्दा पहाडी बीउ भनेर तराई र भारतीय आलु खरिदबिक्री भइरहेको गुनासो उनीहरूले गरेका छन्।

स्थानीय तहहरुले कमिसनको चक्करमा आलु सोझै खरिद नगरेर व्यापारीमार्फत किनेको आरोप लागेको छ। आलु खेतीले पहिचान बनाएको जिल्लाका किसानहरुले नै आलु लगाउने समयमा कोल्डस्टोरमा रहेको स्थानीय बीउ बिक्री गर्न नसकेको अजयमेरु गाउँपालिका वडा नम्बर ३ का किसान टेकराज पनेरुले बताए। ‘किसानले आफ्नो बीउ बिक्री गर्न पाएका छैनन् तर बाहिरबाट ल्याइएको आलु धमाधम स्थानीय तहले किनेका छन्,’ उनले भने, ‘सरकारी अनुदानमा कमिसनको चलखेल गर्न स्थानीय तहले किसानको आलु खरिद नगरेको जस्तो लाग्छ।’

जिल्लामा आलु सुपर जोन कार्यक्रम लागू भएको भए पनि किसानले भने उत्पादित आलुले मूल्य नपाउने गरेको गुनासो गरेका छन्। अहिले आलु लगाउने समय भए पनि बिक्रीका लागि राखिएको पहाडी आलु कोल्डस्टोरमा थन्किएको छ। तर तराई तथा भारतबाट लगिएको आलु भने धमाधम पहाडी आलुकै मुल्यमा व्यापारीले स्थानीय तहहरुलाई उपलब्ध गराइरहेको गन्यापधुराका किसान भोजराज अवस्थीले बताए। ‘स्थानीय उत्पादन पहिला तरकारीका लागि बिक्री गरियो,’ उनले भने, ‘त्यतिबेला व्यापारीहरुले तराईबाट २० रुपैयाँका दरले आलु ल्याएर कोल्डस्टोरमा राखे। अहिले त्यही आलु ६० देखि ७० मा बिक्री भइरहेको छ ।


तर आलु सुपर जोन कार्यक्रम डडेल्धुराका प्रमुख खेमराज जोशी भने किसानको बीउ खेर नजाने बताउँछन्। सरकारले आलु खेती गर्ने किसानलाई बीउ खरिदमा ५० प्रतिशत अनुदान दिने गरेको छ। स्थानीय तहमार्फत त्यो अनुदान किसानले पाउने व्यवस्था गरिएको छ। तर गाउँपालिकाले बीउ खरिद सोझै किसानबाट नगर्दा प्रति किलो १० रुपैयाँ मुनाफा व्यापारीले पाउने गरेका छन्। व्यापारीले किसानबाट ५० रुपैयाँ प्रति किलो आलु खरिद गरेर स्थानीय तहबाट भने ६० रुपैयाँ भुक्तानी लिएको बताएका छन्।

अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले भने किसनको माग कम तर गाउँपालिकामा बढी बीउ भएकोले समस्या भएको जनाए। ‘हाम्रो गाउँपालिकामा माग भएभन्दा बढी बीउ भएर पनि समस्या भएको हो,’ उनले भने, ‘ किसानसँग सोझै खरिद गर्न बीलको समस्या हुने भएकोले व्यापारीका लागि कोटेसन खोलेको हो।’ स्थानीय तहहरुले व्यापारीबाट प्रति किलो ६० मा आलु खरिद गर्नुपर्ने कारण आफूहरुले बुझ्न नसकेको अजयमेरु गाउँपालिका वडा नम्बर २ का किसान राजेन्द्र ऐरले बताए। ‘हामीसँग आलुको बीउ प्रसस्त थियो। तर स्थानीय तहले हामीसँग सोझै खरिद गरेन,’ उनले भने, ‘कमिसनको चक्करमा किसानबाट सोझै आलु खरिद नगरेको पो हुन कि?’

स्थानीय तहहरुले पहाडी आलुको मूल्य प्रति किलो ६० रुपैयाँ निर्धारण गरेको भएपनि किसानले भने ५० रुपैयाँमा बिक्री गर्नुपरेको बताएका छन्। अर्कोतर्फ तराईबाट २० रुपैयाँमा खरिद गरेर कोल्डस्टोरमा राखेको आलु ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ। झण्डै ४ सय हेक्टरमा हिउँदे आलु खेती गरिने डडेल्धुरा जिल्लाकै सबै स्थानीय तहमा प्रचुर आलु उत्पादन हुन्छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै