नेभिगेशन
सुदूरपश्चिम

चाडपर्वमा सार्वजनिक सवारीको यात्रा सहज बनाउने सुदूरपश्चिमका यातायात प्रालिको दाबी

बझाङ ‌: सुदूरपश्चिमका नौँ जिल्लामा चाडपर्वको समयमा आवागमन सहज बनाउन दुई दर्जन बढी स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार नौँ जिल्लाका दुई दर्जन बढी स्थानमा यात्रु सहायत कक्ष स्थापना गरिएको हो।

सहायता कक्षमा यात्रुलाई परेका समस्या समाधान गरिनेछ। यस्तै यस वर्ष दसैँ तिहारमा सार्वजनिक यातायातमा आवागमन गर्दा सास्ती नहुने दाबी गरिएको छ। यातायात प्रालिहरुले यस वर्ष विगतको जस्तो भिड पनि नदेखिएको बताउँदै यात्रा सहज र सुरक्षित बनाउने दाबी गरेका हुन्।

यो वर्ष भने यात्रुहरुको संख्या न्यून रहेको यातायात व्यवसायीले बताएका छन्। केही पहाडी जिल्लामा मात्र थप यातायातका साधन पठाउदै आएको व्यवसायीहरुले बताएका हुन्। यातायात व्यवसायी धिरज शाहीले गत वर्षको जस्तो सार्वजनिक यातायातमा भिडभाड नभएको बताए।


उनले भने, ‘कोरोनाका कारण धेरै भारत जान पाएनन्। भारतबाट आउनेहरुको संख्या कम छ। सोही कारणले होला सुदूरपश्चिममा यात्रुहरुको संख्या छैन। गत वर्षको भन्दा ५० प्रतिशत कम होला।’ कैलाली–कञ्चनपुर, भारत तथा अन्य जिल्लाबाट सुदूर पहाडका जिल्लामा जाने यात्रुहरुको संख्या गत–विगतको भन्दा झण्डै आधाले कम रहेको यातायात व्यवसायीले बताएका छन्।

तर दसैँ बिदा सुरु भएपछि यात्रुालो संख्या बढ्ने अनुमान गरिएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले पहाडी जिल्ला तथा काडमाणडौका लागि थप यातायातका साधनको व्यवस्थापन गरेको बताए। ‘गत वर्षका जस्तो यात्रुको चाँप छैन। तर पनि हामीले सवारी पठाउदै आएका छौ। यताबाट खालि गए पनि काठमाण्डौबाट यात्रुहरु ल्याउदै आएका छौ।

पहाडी जिल्लामा पनि पठाउदै आएका छौ,’उनले भने। काठमाडौबाट सुदूरपश्चिम फर्किनेहरुको संख्यासमेत न्यून भएकाले प्रदेशमा यात्रुहरुको संख्या कम भएको हो। यात्रुको संख्या कम भएको भन्दै प्रदेशको सार्वजनिक यातायात प्रालिहरुले अधिक्तम शुल्क असुल गर्दै आएको आरोप लाग्दै आएको छ।
तर यातायात व्यवसायीले कर्मचारी तथा मजदुरहरुलाई बढी रकम नलिन निर्देशन दिएको दाबी गरेका छन्। सापकोटाले भने, ‘जिल्ला प्रशासनमा हाम्रो बैठक भएको हो। दसैं–तिहारमा यात्रुलाई सहज सेवा दिने बारेमा छलफल भएको थियो। हामीले कर्मचारी तथा मजदुरहरुलाई पनि भनेका छौ।
बढी भाडा लिएको आएको छैन। गाडी पनि मर्मत गरेर मात्र चलाउन भनेका छौ।’ दसैँ बिदापछि यात्रुको संख्या बढे आवागमन सहज बनाउन थप सवारी सञ्चालन गर्ने दाबी यातायात प्रालिहरुको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै