नेभिगेशन
खेल

एएफसी कप : आर्मी प्रारम्भिक चरणबाटै बाहिरियो 

त्रिभुवन आर्मी फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)कपको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। बुधबार भारतको गोवामा भएको खेलमा भारतीय टोली बैंगलुरु एएफसीसँग ५–० गोलअन्तरले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो। 

यससँगै यो वर्षका लागि एएफसीको प्रतियोगितामा नेपाली टोलीको यात्रा समाप्त भएको छ। एएफसीकप एएफसीले आफ्ना सदस्य राष्ट्रहरूका लागि आयोजना गर्ने दोस्रो डिभिजनको प्रतियोगिता हो। आर्मी एएफसीको क्लब लाइसेन्सिङ नीति पूरा गरी प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली टोलीसमेत हो। 

त्यसअन्तर्गत आर्मीले गत बुधबार दशरथ रंगशालामा भएको प्रारम्भिक चरणको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्टस् क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो। त्यसपछि प्रारम्भिक चरणको दोस्रो खेल खेल्न गोवा पुगेको आर्मीले बैंगलुरुसँग पनि पाँचै गोल व्यहोरेको छ। 

आर्मीले बैंगलुरुविरुद्ध पाँचै गोल दोस्रो हाफमा व्यहोरेको हो। पहिलो हाफ सुरुवातबाटै रक्षात्मक खेलेको आर्मीले दोस्रो हाफमा भने केही आक्रामक खेल खेल्ने प्रयास गरेको थियो। आक्रमणका लागि आफ्ना खेलाडी अगाडि बढेको अवस्थामा आर्मीले नियमित गोल व्यहोर्‍यो।

आर्मीले खेलको ५१औँ मिनेटमा पहिलो गोल व्यहोरेको थियो। क्लिइटोन सिल्भाले प्रहार गरेको कर्नरमार्फत आएको बललाई गोलमा परिणत गर्दै राहुल भेकेले बैंगलुरुलाई १–० ले अघि बढाएका थिए। त्यसको एक मिनेटपछि नै आर्मीले अर्काे गोल व्यहोर्‍यो। 

एउटा उत्कृष्ट ‘मुभ’मा बैंगलुरुका कप्तान सुनील क्षेत्रीले टोलीको अग्रता २–० मा पुर्‍याए। त्यसपछि खेलको ६१औँ मिनेटमा सुनीलकै पासमा ब्राजिलियन खेलाडी क्लिइटोनले बैंगलुरुको तेस्रो गोल गरे। त्यसपछि खेलको ६५औँ मिनेटपछि क्लिइटोन र भेकेले एक मिनेटभित्रै एक–एक गोल गरेपछि आर्मीको पराजय ५–० ले निश्चित भएको थियो। आर्मीलाई पराजित गरेको बैंगलुरु प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै