नेभिगेशन
सुदूरपश्चिम

बुङगलमा तीन दिने बालभित्ते पत्रिका प्रकासन सम्बन्धि तालिम सम्पन्न

बझाङको बुङगल नगरपालिकामा तीन दिने बालभित्ते पत्रिका प्रकासन सम्बन्धि तालिम सम्पन्न भएको छ । दलित सहयोग समाज र युएमएन बझाङको साझेदारीमा संचालित समान व्यहार परियोजनाले तीन दिने बाल भित्ते पत्रिका तालिम संचालन भएको थियो । बुङगल नगरपालिका वडा नं ९ को शारदा मा.वि सैनोडी र वडा नं ११ को शिव मा.वि पुतलिलेकमा तालिम संचालन गरिएको थियो । विद्यालयमा गठन भएको किशोरकिशोरी समुहका कक्षा ९ र १० मा अध्ययनरत २५÷२५ जनालाई बालभित्ते पत्रिका प्रकासन सम्बन्धि तालिम दिईएको हो ।

भित्ते पत्रिका  डिजाईन गर्दै शिव मा.वि पुतलिलेकका विध्यार्थीहरु ।

भित्ते पत्रिका लेखन तालिलमले विद्यालय जाने बालबालिकाहरुको लेखन क्षमतामा विकास गर्ने र बालबालिकाको भावना र रचनात्मकता व्यक्त गर्ने, आफ्नो लेख, रचनाहरु तयार गर्ने, अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई रचनात्मक बनाउन, साहित्य र बाल पत्रिकामा रुची जगाउने उद्देश्यका साथ बाल भित्ते पत्रिका लेखन तालिम दिईएको दलित सहयोग समाजका कार्यक्रम माधुरी विकले बताउनुभयो । बाल पत्रिका प्रकासनको लागि चाहिने आवश्यक आधारभूत ज्ञान र सिपको विकासमा सहयोग पुर्याउने लक्ष्य सहित दुई विद्यालयका ५० जनालाई  तीन दिने बाल भित्ते पत्रिका लेखन तालिम दिईएको उनको भनाई छ ।

प्राथमिक विद्यालय, आधारभूत विद्यालय र माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक सहभागी रहेको भित्ते पत्रिका लेखन तालिममा भित्ते पत्रिका के हो, भित्ते पत्रिकामा के कस्ता विषय समावेश गरिन्छ, भित्ते पत्रिका किन प्रकाशन गर्ने, भित्ते पत्रिका प्रकाशनका फाइदा, समाचार भनेको के हो ,समाचारको संरचना, सञ्चारका किसिम, पत्रकार, पत्रकारिता, समाचार तथा समाचारको तत्वसमाचारको प्रकार र समाचार वनोट, भित्ते पत्रिकामा गरिने सजावट लगायतका विषयमा जानकारी गरिएको छ । तालिमले आफुहरुलाई पत्रकारिताको विकासका साथै सृजनात्मक कलाको विकास भएको शिव मा.वि पुतलिलेकका सहभागि नरेस बोहराले बताउनु भयो ।

तालिममा शारदा मा.वि सैनोडीका विध्यार्थीहरु ।

पहिले पत्रकारिताको विषयमा केहि थाहा नभएको र अहिले बालभित्तेपत्रिकामा प्रकासित गर्नुपर्ने सामाग्रीहरु आफै तयार गर्न सक्ने सिपको विकास भएको उनको भनाई छ । यो तालिमबाट बालबलिकाहरुले आफ्ना प्रतिभाहरू प्रस्तुत गर्नेे, पढाईका साथै अतिरिक्त क्रियाकलापहरूमा पनि आकर्षण बढ्ने र विद्यालय तहबाटै पत्रकारिताको अभ्यास तथा अनुभव लिन पाएको शारदा मा.वि सैनोडीका प्रधानाध्यापक जनक बहादुर सिंहले बताउनु भयो । यहि भदौ ४ गते देखि ९ गते सम्म बुङगलको वडा नं ९ र ११ मा संचालन गरिएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै