नेभिगेशन
विदेश

भारतमा कोरोना : शव जलाउन १२ घन्टासम्म पर्खनुपर्ने अवस्था

भारतमा कोभिड–१९ को दोस्रो लहर सन् १९१८ मा युरोपमा फैलिएको स्पेनिस फ्लुको जस्तै बन्ने तयारीमा छ। अप्रिल–मे १९१८ मा युरोपमा स्पेनिस फ्लुमा फैलिएको थियो। केही समयमै यो संक्रमण बिस्तारै कम हुन थालेको थियो। सर्वसाधारणले ठाने कि अब स्पेनिस फ्लु सकियो।

तर, सर्वसाधारणको सोचाइको ठीकविपरीत स्पेनिस फ्लुको दोस्रो लहर चल्यो। अगस्ट १९१८ मा स्पेनिस फ्लुको नयाँ म्युटेड आयो। यो भाइरस यति खतरनाक थियो कि युरोपमा यसको संक्रमण सुक्खा वनमा फैलिएको डढेलोजस्तो भयो।  यो घटना थियो एक सय वर्षअघिको। अहिले भारतमा कोरोना भाइरसको दोस्रो लहरले यस्तै झल्को दिइरहेको विज्ञहरूको भनाइ छ। 

भारतमा कोरोना भाइरसको दोस्रो लहर यति धेरै खतरनाक भइसकेको छ कि यहाँ हरेक दिन डेढ लाखभन्दा बढी संक्रमणका केस सार्वजनिक भइरहेका छन्। संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक हजारभन्दा बढी छ। संक्रमितहरूले उपचारका लागि अस्पतालमा लामो समयसम्म कुर्नुपर्ने मात्रै होइन, शव जलाउनसमेत १२ घन्टासम्म कुर्नुपर्ने अवस्था आएको छ। 

‘एकै दिन ५०–६० वटासम्म शव आउँछ’
‘अहिले मध्याह्नको १:१० भएको छ। यति वेलासम्म २२ वटा शव जलाइ सकेँ। केही दिनयता यहाँ दैनिक ५०–६० वटासम्म शव आउने गर्छ। खाना खाने फुर्सदसम्म पाइँदैन। शव जलाउँदाजलाउँदै खाना खाने गरेका छौँ,’ पुणेस्थित एक सरकारी शवगृहका वरुण जनगमले भने। शवदाहगृहमा काम गर्ने कर्मचारीका प्रतिनिधि पात्र हुन वरुण। पछिल्लो समय देशभरका यस्ता कर्मचारी भ्याइनभ्याइमा छन्। 

महाराष्ट्रमा मंगलबार ६० हजार दुई सय १२ जना कोरोना संक्रमित थपिएका छन् भने दुई सय ८१ जनाको मृत्यु भएको छ। महाराष्ट्र मात्रै होइन दिल्ली, गुजरात, युपी, मध्यप्रदेश, तमिलनाडु, केरल र कर्नाटक राज्यमा भाइरस तीव्र गतिमा फैलिरहेको छ। भारतका कुल संक्रमितमध्ये ८० प्रतिशत यिनै राज्यमा छन्। यसमध्ये पनि महाराष्ट्र सबैभन्दा नराम्रोसँग प्रभावित बनेको छ। 

वरुण भन्छन्, ‘हाम्रो ड्युटी समय आठ घन्टाको हुन्छ। तर, आठ घन्टा नै ओभरटाइम गरिरहेका छौँ। तर, हामीसँग पिपिईसमेत छैन।’ आर्यघाटमा काम गर्ने कर्मचारी मात्रै होइन, मृतकका आफन्त पनि निकै दुःख झेलिरहेका छन्। आफन्त गुमाउनुको दुःख एकातिर छ त्यसमाथि दाहसंस्कार गर्न घन्टौँ कुर्नुपर्दा उनीहरू निकै नै निराश बन्ने गरेका छन्। यसअघि पनि बिरामीको उपचारका लागि उनीहरू कैयौँ दिन अस्पतालमा धाएका थिए। शवदाहस्थलको अवस्था देखेर अस्पतालहरूले पनि ढिला गरी शव दिन थालेका छन्। 

युपीका मुख्यमन्त्री योगी आदित्यनाथ पनि संक्रमित
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि कोभिड–१९ बाट संक्रमित भएका छन्। उनले बुधबार एक ट्विटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए। उनले भनेका छन्, ‘सुरुवाती लक्षण देखिनासाथै मैले कोभिड जाँच गराएको थिएँ। मेरो रिपोर्ट पजिटिभ देखिएको छ। यसकारण म आइसोलेसनमा बसेको छु। चिकित्सकहरूसँग नियमित परामर्श पनि गरिरहेको छु।’ युपीको राजधानी लखनउमा कोरोना संक्रमण व्यापक बनिरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै