नेभिगेशन
सुदूरपश्चिम

सेती नदीको गिट्टी, बालुवा उत्खनन् रोक्न स्थानियद्वारा नगरपालिकामा ध्यानाकर्षण

बझाङ : जयपृथ्वी नगरपालिका –११ का बासिन्दाहले सेती नदीको बालुवा, गिट्टी उत्खनन् रोक्न नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । बुधबार जयपृथ्वी नगरपालिका –११ रुइना बगर, कार्पिकोटका बासिन्दाहरु सेती नदीको ढुंगा, बालुवा र गिट्टी उत्खनन् रोक्न ध्यानाकर्षण गराउन नगरपालिका पुगेका हुन् । 

काप्रिकोटका इश्वरनाथ जोशी र रुइना बगरका धर्मराज जोशीको नेतृत्वमा १६ जना स्थानीयबासीहरुले रुइना बगरको बस्ती र खेतियोग्य जमिन सेती नदीले कटान गरेकाले बस्ती नै जोखिममा भन्दै जथाभावि उत्खनन् हुने त्यस क्षेत्रको आसपासमा रहेका ढुंगा, बालुवा र गिट्टी बन्द गर्न माग गर्दै जयपृथ्वी नगरपालिकालाई ध्यानाकर्षण गराएको स्थानियबासी इश्वरनाथ जोशीले बताए । 

दैनिक बिहान, बेलुका डोजर प्रयोग गरी ४३ वटा ट्याक्टरमा बालुवा, गिट्टि र ढुंगा ओसारपसारले गर्दा बस्ति र खेतियोग्य जमिन कटान गरेको र जोखिममा रहेको तर्फ स्थानिय सरकारले ध्यान दिनुपर्ने र आफुले राखेको माग पुरा नभए त्यस विरुद्ध कदम चाल्ने बताएका छन् । 

सेती नदी र आसपासका खोलाहरुले वर्षेनी रुइना बगर भोपुर लगाएतका क्षेत्रबाट ठूला परिणाममा ढुंगा, बालुवा र गिट्टी निकाल्दा खेतियोग्य जमिन र बस्ति नै जोखिममा परेको स्थानीय धर्मराज जोशीले बताए । जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीले असोज ८ गते कार्यपालिकाको बैठक बस्ने भएकाले त्यसमा आफुले कुरा राख्ने र जथाभावी उत्खनन् भएको ढुंगा, बालुवा रोक्नका लागी पहल गर्ने बताइन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारले आफ्नो मातहतमा रहेको तथा आफ्नो अधिकार क्षेत्रभित्र रहेको ठाउँबाट बालुवा, गिट्टी लगायतका वस्तुको कर उठाउने अधिकार स्थानीय सरकारको भए पनि जयपृथ्वी नगरपालिकाले ढुंगा, बालुवा गिट्टीबाट खासै राजश्व संकलन गर्न सकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै