नेभिगेशन
सुदूरपश्चिम

बुङ्गलको पर्यटन प्रर्बद्धन र विकासमा टेवा पुर्‍याउन धौलीदेवी स्मृति बीसीए कप हुँदै

बझाङ : बुङ्गल नगरपालिकाको दहबगरमा धौलीदेवी स्मृति बीसीए कप २०७८ हुने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बीसीएले यही कार्तिक ७ गतेदेखि १५ गतेसम्म बीसीए कपको १५ औं संस्करण आयोजना गरिन लागिएको जानकारी दिएको हो ।

बुङ्गलको पर्यटन प्रर्बद्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गरिँदै आएको बीसीए कल्बका अध्यक्ष आनन्द कार्कीले बताए । विगतका दिनमा क्रिकेटको आयोजना गर्दै आएको भएपनि गत वर्ष भने कोरोना कहरले आयोजना गर्न नसकिएको उनले जानकारी दिए ।

प्रतियोगितामा प्रथमलाई दुई लाख, द्धितीयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ राखिएको छ । म्यानअफद सिरिज १२ हजार पाँच सय र बेस्ट बलर, बेस्ट व्याटम्यान र एमेजिङ प्लेयरलाई पाँच-पाँच हजार पुरस्कार छुट्याइएको छ ।

यस्तै, म्यानअफद टिमलाई पाँच सय, सेमिफाइन र फाइनल पुग्ने टीका प्रति खेलाडीलाई एक सय रुपैयाँसमेत राखिएको छ । कप आयोजनाका लागि १२ लाख २० हजार लगानी लाग्ने आयोजकले जनाएको छ ।

कपमा २० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । कपमा बझाङ जिल्लाका टिमको मात्रै सहभागिता रहेको र एक टिममा चार जना जति बाहिरका खेलाडी हाल्न पाउने कल्बका अध्यक्ष कार्कीले बताए ।

बुङ्गलमा क्रिकेट विकासमा लागि दुईवटा टेर्निङ सेन्टर समेत सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रदेशकै नमुना रंगशाला बनाउन अभियान समेत सञ्चालन गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । रंगशालालाई थ्रीडी भिजियोल डिपिआरसहित अभियानलाई तीब्र गतिमा अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै