नेभिगेशन
सुदूरपश्चिम

पढाई शिविरले केदारस्युँका विध्यार्थीको पढाईसँगै सिर्जनात्मक कलाको विकास भयो

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नं -३ का सुवास खातीनमादेऊ मा.वि मा कक्षा ३ मा पढछन् । उनलाई अहिले चित्र बनाउन खुब रमाईलो लाग्छ । उनी कितावका हरेक चित्र दुरुस्तै उतार्न सक्ने भएका छन् । यस्तै सोही कक्षाका निश्चल खाती पनि चित्र बनाउन खुबै सिपालु भएका छन् । विदालयमा पनि उनका साथीहरुले हाम्रो फोटो बनाई देऊ भनेर आग्रह गर्छन । उनी जस्तै केदारस्युँ ३ का अन्य बालबालिकाहरुमा विभिन्न सिर्जनात्मक कलाको विकास भएको छ । 

पढाइ मेलापछि सिर्जनात्मक कला देखाउँदै बालबालिका

वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेपछि उनीहरुमा अहिले फरक सिपको विकास भएको छ । वल्र्ड भिजन ईन्टरनेश्नल नेपालले सोहि ठाँउमा समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत पढाई शिविर पनि संचालन गरेको थियो ।

उनीहरुले स्कुलका पोशाक, कापी, कलम, कलर पेन लगायतका शैक्षिक सामाग्री पाएका छन । स्कुल बन्द भएपछि उनीहरु हरेक शनिवार पढाई शिविरमा सहभागि भए । त्यहाँ उनीहरुले पढाइृ संग संगे सिर्जनात्मक कलाको विकास भएको छ । अहिले घरमै बसेर स्वअध्ययन सामाग्री पढने, चित्र बनाउने, चित्र रंगाउने गरेको निश्चल खाती बताउछन । पढाई शिविरबाट आफुले चित्रकला बनाउने सिप सिकेको उनको भनाई छ । 

शैक्षिक सामाग्री पाएपछि पहिलेको भन्दा बालबालिकाहरुमा पढने बानी बसेको सोही ठाँउकी एक अभिभावक दुर्गा देवी खाती बताउँछिन् । उनी भन्छिन्, ‘अहिले त स्कुल लागि सक्यो । छोराछोरी नियमित विद्यालय जान्छन । कोरोना महामारीले स्कुल बन्द भए देखि बालबलिका एकछिन पनि घरमा नबस्ने विहानै खानाखाएर दिनभर खेल्न जान्थ्ये । जति भनेपनि स्कुल लागेको छैन के पढने भनेर उल्टै कराउँथे । गाउँमा हप्ताको एक चोटी बालबालिकालाई पढाउन थाले । म्याडमले राम्रो पढनेले कापी कलम स्कुल ड्रेस पाउँछ भनेपछि उनीहरुको बानी फेरियो । पछि उनीहरुलाई शैक्षिक सामाग्री दिएपछि आजकाल बेला बेला खेल्ने र पढने गरेका छन ।’

बालबालिकालाई पढाइ मेला

पहिलेका जसरी दिनभरी नघुम्ने र पढाइमा ध्यान दिन थालेको उनको भनाई छ । यस्तै नमादेउ आधारभुत विद्यालयका प्रधानाध्यापक गोविन्द रावल शैक्षिक सामाग्री वितरण भए देखि विध्यार्थीहरुमा सिर्जनात्मक कलाको विकास भएको बताउछन । उनले भने, ‘अहिले बालबालिकाहरु पढाई संग संगै चित्र कोर्न र रंग भर्नमा पनि अभ्यस्त भइसकेका छन् । पहिले स्कुलमा नाच भन्दा लजाउने भाग्ने गरेका बालबालिका अहिले यो कार्यक्रमबाट आफै नाच्ने आफै गाउने भएका छन् । यो जोखिममा परेका बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण र समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनाले बालबालिकाको पढाइृमा सहजता ल्याएको छ ।’ 

अभिभावक सबै जति बालबालबालिकाका लागि आवश्यक शैक्षिक सामाग्री किन्न सक्ने अवस्थाका नभएका र आवश्यक मात्रामा बालबालिकाले सामाग्री पाएर स्वतन्त्र पूर्वक खेल्दै सिक्ने अवसर पाएका कारण उनीहरुमा सिर्जनात्मक कलाको विकास भएको उनको भनाई छ । 

बझाङ जिल्लामा सञ्चालित वल्र्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । यो कार्यक्रम जयपृथ्वी नगरपालिकाका २ वटा वडा र केदारस्युँ गाउँपालिकाका ४ वटा वडामा लागु भएको छ । 

केदारस्युँ गाँउपालिकाका नमादेउ माद्यामिक विद्यालय माडीकोट, केदार आधारभुत हसाडा र भवानी आधारभुत विद्यालय मैतोलीका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने २ सय १८ जना जोखममा परेका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको फिल्ड संयोजक दिनेश खडकाले बताए । 

उनले भने, ‘हामीले बालबालिकाको पढाईमा सहजताका लागी स्वअध्ययन सामाग्रीका साथै प्रतिविध्यार्थी एउटा स्कुल ब्याग, स्कुल पोसाक, जुत्ता र मोजा एक-एक जोर, एउटा स्वीटर,  कापी र सिसाकलम दुई÷दुई दर्जन,एक दर्जन इरेजर र कटर, एक दर्जन कलर पेन, एउटा ज्यामिती बक्स र स्वअध्ययन किताव दिएका छौ । शैक्षिक सामाग्री बितरणले जोखिममा रहेका बालबालिकाको पठनपाठनमा केही राहत हुने आशा गरेका छौं ।’ 

प्रगतिशील युवा समाज र वल्र्ड भिजन ईन्टरनेश्नल नेपालले गाउँपालिकासँग सहकार्य गरेर स्वास्थ्य तथा खाद्य सामाग्रीहरू वितरण गरेको उनको भनाई छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै