नेभिगेशन
सुदूरपश्चिम

चैनपुर जोड्ने मुख्य सडकखण्ड भाँसिएपछि बाहुली खोला किनारमा डाइभर्सन बनाइयो 

बझाङ : सदरमुकाम चैनपुर जोड्ने मुख्य सडकखण्ड अवरुद्ध भएको ६ दिन भइसक्दा पनि सुचारु हुन नसकेपछि बाहुली खोलामा डाइर्भसन बनाइएको छ । सदरमुकाम चैनपुरबाट झण्डै एक किलोमिटरको दुरीमा पर्ने सिमखेत बसपार्क नजिकै सडक भाँसिएपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु हुन नसकेको हो ।

जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, मालपोत तथा जयपृथ्वी नगरपालिकाको कार्यालय जाने मुख्यबाटो नै अवरुद्ध हुँदा पनि सम्बन्धित निकायको तदारुकता नदेखिएको यात्रुको गुनासो छ । चैनपुर वा बाहुलीगाड वारी कोही सिकिस्त बिरामी भएको खण्डमा एम्वुलेन्स वा सवारी साधनबाट अस्पताल पुर्‍याउने बाटो नै नभएको नागरिक अगुवा धर्मजंङबहादुर सिंहले बताउनुभयो । 


दिनरात काम गरेर मर्मत गर्नुपर्ने सडकमा सिमित मान्छेलाई काम लगाएर कछुवा गतिमा काम भइरहेको छ । यस्तै गतीमा काम हुने हो भने सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्ग खुल्न महिनादिन लाग्ने देखिन्छ ।

यता जिल्ला प्रशासन कार्यालयले भने काम धमाधम भइरहेको बताएको छ । धेरै तलबाट पर्खाल लगाउनु पर्ने भएका कारण केही ढिलाइ भएको प्रसाशनको भनाइ छ । सडक डिभिजन कार्यालय टाढा भएका कारण केही ढिलो भएको भएपनि अबको एकहप्ताभित्र राजमार्ग सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

अहिले सिमखेत बसपार्क हुँदै बाहुली खोलाको किनारमा डाइभर्सन खोलेर यातायात संञ्चालनमा ल्याइएको प्रजिअ अधिकारीले बताउनुभयो । सिमखेत वसपार्कबाट बाहुली खोलाको किनारहुदै बाहुली खोलामाथी बनेको पक्की पुल जोड्ने गरी अहिले डाइभर्सन निर्माण गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै