नेभिगेशन
राजनिति

देउवा-दाहालबीच व्यापारीकाे घरमा गाेप्य वार्ता

काठमाडौं : नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ ।

महाराजगन्जस्थित व्यापारी प्रमोद राणाको निवासमा मंगलबार राति साढे ९ बजेसम्म देउवा-दाहाल वार्ता जारी थियो । दुई नेतासंगै राणा निवासमा अर्का एक ‘अपरिचित व्यक्ति’ देखापरेको स्रोतले नेपाल प्रेसलाई बताएको छ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको प्रस्तावलाई माओवादीले यसअघि नै स्वीकार गरिसकेको छ । मंगलबार दिउँसोमात्रै जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको थियो ।

नयाँ वर्षको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोली देशवासीको नाममा सम्बोधन गर्न लागेको पूर्वसन्ध्यामा भएको देउवा-दाहाल भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै