नेभिगेशन
समाज

बझाङको थलारा गाँउपालिकामा रहेका प्राचीन देवल प्रचार प्रसार नहुँदा ओझेलमा

बझाङ : थलारा गाउँपालिका–३ देवलबाँझमा रहेको धार्मीक तथा ऐतिहासिक महत्वको देवलको प्रचारप्रसार र संरक्षण नहुदा ओझेलमा पर्न थालेका छन्। थलारामा रहेको शिखर शैलीको पुरातात्विक देवलमा चैते दशैं, कृष्णजन्माष्टमी, श्रीपञ्चमी र दशैंमा पूजापाठका साथै मेला लाग्ने गर्छ। शिखर शैलीमा ढुंगैढुंगाले बनेको देवल आकर्षक छ। 

खासै अभिलेख नभए पनि ७/८ सय वर्ष पहिले बझाङ घुम्दै आउने क्रममा जुम्लाका महाराजाले  निर्माण गरेको बूढापाकाको भनाई छ। पाण्डव वनवास जाँदा बास बसेको ठाउँमा देवल र खाना र दिउँसो आराम गरेको ठाउँमा ढुंगेधारा तथा कुवा बनाएको अर्को किंवदन्ती रहेको देवल संरक्षणको अभियानमा लागेका देवलबाँझका स्थानीय खगेन्द्र उपाध्यायले बताए।

०७२ सालमा पुरातत्व विभागले सामान्य पुनःनिर्माण गरेको भएपनि राज्यका अन्य निकाय र प्रदेश तथा स्ठानीय तहले संरक्षण गर्न प्राथमिकतामा नपरेको उनले बताए। संरक्षण नहुँदा पछिल्लो समय देवल जीर्ण बन्दै गएको छ। देवलभित्र शिव, गणेश, पार्वतीलगायत विभिन्न देवीदेवताका मूर्ति छन्।

स्थानीय सरकार गठन भइसकेपछि यस्ता पुरातात्विक सम्पदाको सूची बनाएर संरक्षण र संवर्द्धनका लागि गाउँपालिका लागिपरेको थलारा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम ओलीले बताए।

‘गाउँपालिकाले पूजापाठ गर्न जानेहरूलाई बस्न सजिलो होस् भन्नाका निमित आश्रमसमेत निर्माण गरेको छ,’ उनले भने। सडक सञ्जालसमेत पुुगेकाले आगामी दिनमा प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिनेसमेत उनले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै