नेभिगेशन
राजनिति

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बझाङमा अध्यादेश जलाइयो

बझाङ : एमाले निकट अनेरास्ववियू जिल्ला कमिटी बझाङ र राष्ट्रिय युवा संघ जिल्ला कमिटी बझाङले संयुक्त रुपमा अध्यादेशको विरोध गर्दै अध्यादेश जलाएको छ । दल विभाजन सम्बन्धी अध्यादेशको विरोध प्रदर्शनसहित अध्यादेश जलाएका हुन् ।  बझाङको सदरमूकाम चैनपुरको पानकोटमा रहेको नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भएको अध्यादेशको विरोधमा नाराबाजी गर्दै शान्तिमार्ग रोड, जिल्ला प्रशासन कार्यालय, खुलामञ्च हुँदै लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएको थियो । 

‘दल विभाजनसम्बन्धी विधेयक खारेज गर,’ ‘ परमादेशको कम्फर्टेबल सरकार मुर्दावाद’ लगायत विभिन्न नारा लगाएर अनेरास्ववियू र युवासंघले प्रदर्शन गरेको छ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु्र्‍याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको अनेरास्ववियुका जिल्ला कमिटी सह-संयोजक दिल बहादुर खातीले बताए ।

नेकपा एमाले समर्थक अनेरास्ववियू केन्द्रिय कमिटीले बुधबार एक विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेसँगै बझाङमा पनि अनेरास्ववियू जिल्ला कमिटी बझाङले पनि भदौ ३ गते शैक्षिक संस्था अगाडी प्रदर्शनसहित अध्यादेश जलाउने र भदौ ४ गते सदरमूकाम चैनपुरमा बृहत विरोध प्रदर्शनसहित भण्डाफोर सभा गर्ने अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रविन्द्र धामीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै