नेभिगेशन
सुदूरपश्चिम

अपि र व्यासँमा भेडासुधार कार्यक्रम : भेटनरी कार्यालयले अनुगमन गर्ने तयारी

दार्चुला : दार्चुलाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा संञ्चालनमा रहेको भेडासुधार कार्यक्रमको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले अनुगमन गर्ने तयारी गरेको छ ।

कार्यालयले अगामी भाद्र महिनाको अन्तिमबाट जिल्लाभरी नै अनुगमन गर्ने कार्यतालिका अनुसार जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा सञ्चालित भेडासुधार कार्यक्रमको पनि अनुगमन गर्ने तयारी गरेको हो ।

कार्यालयका अनुसार अहिले यी स्थानीय तहमा गोठ सुधार भएका छन् । स्थानीयहरुले भेडाखरिद गरको तथा भेडाहरु आवत जावत गर्नका लागि पुलहरु बनाउने काम भइरहेको कार्यालय प्रमुख चन्द्रकान्त पन्तले बताउनुभयो ।

दार्चुलाको हिमाली स्थानीय तहमा व्यवसायिक रूपमा गरिँदै आएको भेडापालन पछिल्लो समय चरन अभावले संकटमा पर्दै गएको छ । जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा गरिदै आएको भेडापालन व्यवसाय संकटान पर्न थालेको हो  ।

गाउँमा आवश्यक चरनको अभाव भएपछि भेडा व्यवसाय संकटमा पर्दै गएको भेडापालन गर्ने व्यक्तिहरुले बताएका छन् । चरन क्षेत्रमा मानवीय अतिक्रमण बढन थालेपछि समस्या भएको गुनासो आउन थालेपछि पछिल्लो समय जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा पशुविकास कार्यक्रम अन्तर्गत भेडापालन सुधार कार्यक्रम सञ्चालन गरिएको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।

‘हामीले यो भन्दा पहिले नै अनुगमन गर्ने तयारी गरेका थियौ ,तर दुबै  स्थानीय तहमा कोरोना महामारीका कारण कर्मचारी गएर काम गर्ने सक्ने स्थिति नभएपछि अनुगमन गर्न सकिएको थिएन कार्यालय प्रमुख पन्तले भन्नुभयो ”। दुई स्थानीय तहमा भेडापालन कार्यक्रममा लागि संघ प्रदेश स्थानीय तहको सहकार्यमा झण्डै ३० लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।

जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा पालिदै आएको भेडाबाट ऊन र मासुका लागि राम्रो मानिदै आएको छ । ऊनबाट कम्मल, वोद्लो र थैलालगायत सामग्री बुनेर यस क्षेत्रका बासिले राम्रो आम्दानी गर्दै आएको भए पनि आधुनिकतासँगै बजार माग घटेको र चरण समेत कम भएकाले भेडा पालन संकटमा पर्न थालेको यसलाई निरन्तरता दिनका लागि दुई स्थानीय तहमा भेडा सुधार कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै